डर्टमन्ड अग्रता बलियो बनाउँदै
एजेन्सी – जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष टोली बोरुसिया डर्टमन्डले आफ्नो अग्रतालाई थप बलियो बनाउँदै लगेको छ ।
लिग अन्तर्गत शनिबार राती भएको खेलमा डर्टमन्डले लेइपजिजलाई १–० गोलले हरायो । लेपिजिजको घरेलु मैदानमा खेलिएको खेलमा डर्टमन्डको जितमा एक्सेल विट्सेलले १९औं मिनेटमा गरेको गोल निर्णयक बनेको थियो ।
जितसँगै डर्टमन्डले दोस्रो स्थानमा रहेको बायर्न म्युनिखसँग ६ अंकको अग्रता बनाएको छ । डर्टमन्डको १८ खेलबाट ४५ अंक छ । बायर्नले समान खेलबाट ३९ अंक बनाएको छ । ३१ अंक बनाएको लेपिजिज चौथो स्थानमा छ ।
शनिबार राती नै भएको अर्को खेलमा तेस्रो स्थानमा रहेको बोरुसिया मोन्चेग्वाचले बायर लिभरकुसनलाई १–० गोलले हरायो । मोन्चेग्वाचको जितमा अलास्ने प्लेअले ३७ औं मिनेटमा गोल गरेका थिए । जितसँगै मोन्चेग्वाचले ३६ अंक बनाएको छ । २४ अंक बनाएको लिभरकुसन १० औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)