केन्द्रीय संस्करण

एनआरएनए युएईको सहयोगमा नेपाल फर्किए हरिकृष्ण

person explore access_timeमाघ ६, २०७५ chat_bubble_outline0

युएई –भिजिट भिषामा युएई आइ अलपत्र परेका लमजुङका हरिकृष्ण बस्नेत एनआरएनए युएईको सहयोगमा हिजो शुक्रबार नेपाल फर्किएका छन्।

राम्रो रोजगारी र आकर्षक आम्दानीको बिश्वासमा परि दलाल मार्फत नेपालबाट भिजिट भिषामा युएई आएका बस्नेत भिजिट भीषामै रहेको बेला सडक दुर्घटनामा परि दाहिने  खुट्टाको माथिल्लो भाग दुइ ठाउँमा भाचिनुका साथै गम्भीर घाइते भएका थिए।

नेपालमा दलाललाई २लाख ५० हजार बुझाइ युएई आएका बस्नेतलाई  युएईमा एकनारायण पाण्डे उर्फ (बिष्नु पाण्डे )ले काम लगाइदिने जिम्मा लिएका थिए। लामो समयसम्म पनि दलालले जागीर नलगाई दिए पछि आफै जागिर खोज्न हिड्ने क्रममा बाटो काट्दा उनी सडक दुर्घटनामा परेका थिए।

दुर्घटनामा परेका बस्नेतलाई ४५ दिनसम्म फुजेरा अस्पतालमा उपचारको लागि राखिएको थियो।

गलत ठाउँबाट बाटो काटेको हुनाले दुर्घटना भएको भन्दै डेढ महिनाको उपचार पश्चात उनलाई फुजेरा जेल चलान गरियो। उपचारको क्रममा समेत स्थानीय प्रहरीको निगरानीमा रहेका  बस्नेतलाई ५५ दिनको जेल सजाय वा ५५ सय दिराम अर्थात करिब (२ लाख) रुपैया फाइन तिर्न भनिएको थियो।तर उनले जरिवाना तिर्ने अवस्था नभएकोले जेल चलान भएका थिए।

दुर्घटनाको खबर पाउन साथ एनआरएनए युएई फुजेरा क्षेत्रीय समितिले तत्कालै घाइतेको अवस्था बुझ्ने र आवस्यक सहयोग गरेको थियो। युएईका दलाल भनिने एकनारायण  पाण्डे उर्फ (बिष्नु पाण्डे ) सग सम्पर्क गरेको र दलालले समेत एकपटक बिरामी भेट्न आएका थिए।केही समयको सम्पर्कमा पश्चात् युएईमा काम लगाइदिने भनिने दलाल एकनारायण उर्फ (बिष्नु पाण्डे)
एकाएक सम्पर्क बिहिन भएपछि पिडितलाई झनै समस्या बढ्दै गयो।

सजाय सुनाए अनुशार ५५ दिन मध्य उनले २२ दिन जेल भुक्तान गरिसकेको र बाकी रहेको तेत्तीस दिनको ३३ सय दिराम अर्थात् (१ लाख) रुपैया एनआरएनए युएई क्षेत्रीय समिती फुजेरा र लम्जुङ्ग समाज युएईले सहयोग गरि उनलाई जेल मुक्त गराएको थियो।

एनआरएनए युएई अध्यक्ष रमेश श्रेष्ठ, एनआरएनए युएई  क्षेत्रीय समिती फुजेराका अध्यक्ष बिरेन्द्र खड्का उपाध्यक्ष शेर सुनार ,लमजुङ समाज युएईका अध्यक्ष महेश पराजुली लगाएका प्रतिनिधिहरुले पिडितलाई भेटी आर्थिक सहयोग गरी गत शुक्रबार नेपाल फर्काएका थिए।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...