शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रियल तेस्रो स्थानमा उक्लियो

आइतबार, ०६ माघ २०७५, ०९ : ५३
आइतबार, ०६ माघ २०७५

रियल म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा रियलले बलियो प्रतिस्पर्धी सेभियालाई २–० गोलले हरायो । 

घरेलु मैदानमा सानदार खेल खेलेको रियलको जितमा क्यासमिरो र लुकालुका मोड्रिचले गोल गरे । दुबै गोल दोस्रो हाफका गरेको रियलका लागि क्यासमिरोले ७८औं मिनेटमा पहिलो गोल गरेका थिए । 

इन्जुरी समयमा मोड्रिचलले दोस्रो गोल गर्दै टोलीको जित सहज बनाए । रियलले अंक तालिकाका सेभियालाई नै पछि पारेर तेस्रो स्थानमा उक्लिएको हो । जितसँगै रियलले २० खेलबाट ३६ अंक बनाएको छ । ३३ अंक बटुलेको सेभिया तेस्रो स्थानमा छ । 

ला लिगा अन्तर्गत शनिबार राती भएको अर्को खेलमा एथ्लेटिको म्याड्रिडले पुछारमा रहेको हुयस्कालाई ३–० गोलले हरायो । 

एकपक्षीय खेलमा एथ्लेटिकोका लागि लुकास हर्नान्डेजले ३१औं, सान्टिीउगो एरियासले ५२औं र कोकेले ७१औं मिनेटमा गोल गरेका थिए । जितसँगै दोस्रो स्थानमा रहेको एथ्लेटिकोले ४१ अंक बनाएको छ । शीर्ष टोली बार्सिलोनाको ४३ अंक छ । ११ अंक बनाएको हुयस्का अन्तिममा छ । 

अर्को खेलमा भ्यालेन्सियाले सेल्टाभिगोलाई २–१ गोलले हरायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप