मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आर्सनल र युनाइटेडको सानदार जित

आइतबार, ०६ माघ २०७५, ०८ : ५१
आइतबार, ०६ माघ २०७५

एनेन्सी - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेका छन् । शनिबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई २–० गोलले हरायो । लन्डनडर्बीमा अब्बल देखिएको आर्सनलले चेल्सीमाथि सनसनीपूर्ण प्रदर्शन गरेको थियो । अर्को खेलमा युनाइटेडले ब्राइटनलाई २–१ गोलले पराजित गर्यो । लयमा देखिएको युनाइटेडको लिगका पछिल्ला खेलमा यो लगातार छैटौं जित हो ।

आर्सनलको जितमा एलेक्सआन्द्रे लाकाजेट्टीले १४ औं मिनेटमा खाता खोले । दोस्रो गोल ३९ औं मिनेटमा लाउरेन्ट कोसिल्नीले गरेका थिए । यस जितसँगै पाँचौं स्थानमा रहेको आर्सनलले ४४ अंक बनाएको छ । ४७ अंक बनाएको चेल्सी चौथोँ स्थानमा छ ।

यसैगरी युनाइटेडको घरेलु मैदानमा टोलीलाई जिताउन पउल पोग्बा र मार्कस रासफोर्डले गोल गरेका थिए । पोग्वाले २७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । मार्कसले ४२ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । ब्राइटनका पास्कल ग्रोसले ७२ औं मिनेटमा सान्त्वना गोल फर्काए । जितसँगै ४४ अंक बनाएको युनाइटेड छैटौं स्थानमा छ । २६ अंक बनाएको ब्राइटन १३ औं स्थानमा छ ।

शनिबार राति नै भएको लिगका अन्य खेलमा साउथह्यामटनले एभर्टनलाई २–१, न्युक्यासल युनाइटेडले कार्डिफ सिटीलाई ३–०, बर्नमाउथले वेस्टहाम युनाइटेडलाई २–० र वल्भरह्यामटन वान्डर्सले लेस्टर सिटीलाई ४–३ गोलले हरायो । वाटफोर्ड र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप