बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माघ ५ गते–   प्रदेश ५ मा कहाँ के भयो ?

शनिबार, ०५ माघ २०७५, २१ : ४७
शनिबार, ०५ माघ २०७५

बुटवल–संघीय सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले अवको ३ बर्षमा कुनै पनि खेतियोग्य जमिन बाँझो नहुने बताएकी छन् । उनले सोही अनुसार सरकारले जमिन बाँझो राख्न नपाउने नीति ल्याएको भन्दै यसलाई  पूर्णरुपमा कार्यान्वयन गरिने बताइन् । 

शनिबार रुपन्देहीका पत्रकारहरुसँगको कुराकानीमा उनले सरकारले कृृषिको क्षेत्रमा राम्रा कार्यहरु शुरु गर्न लागेको समेत बताइन् । 


दाङमा बस दुर्घटना

दाङको तुलसीपुर १२ दमारगाउँमा भएको बस दुर्घटनामा २५ जना यात्रु घाइते भएका छन् ।

शनिबार दिउँसो तुलसीपुरबाट दमारगाउँतर्फ जादै गरेको रा १ ख ४९४ नम्वरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिएका छन् ।

बसमा सवार २५ जना मध्य दुई जना गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । अन्य घाइतेहरुको भने अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

बिजुली चोरी गर्नेलाई जरिवाना
यस आर्थिक बर्षको ६ महिनामा दाङ्गमा विद्युत चोरी गर्ने ४१ जना फेला परेका छन ।  साउनदेखि माघसम्म विद्युत हुकिङ्ग गरी  विद्युत चोरी गर्ने ४१ जनालाई पक्राउ गरी ४ लाख ६१ हजार १ सय २० रुपैयाँ जरीवाना गरिएको विद्युत प्राधिकरण तुल्सीपुर वितरण केन्द्रका प्रमुख दिपकजंङ्ग चौधरीले जानकारी दिए । 

मोतिपुर औद्योगिक क्षेत्रका स्थानीयको बिरोध

सरकारले मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रले आफूहरूलाई विस्थापित गर्ने भन्दै त्यसको स्थानीयले विरोध गरेका छन् । १० वर्ष अगाडि आफूहरूसँग भएको सम्झौता विपरित एकलौटी रूपमा अगाडि बढेको आरोप लगाए ।

उनीहरुले आफूहरुलाई सरकारले फसाएर सो स्थानबाट उठिबास लगाउन खोजेको दाबी गरेका छन् । विरोध संघर्ष समितिका उपाध्यक्ष ग्यामलाल भुसालले  औद्योगिक क्षेत्र बिस्तार गर्दा आफूहरूसँग भएका पूर्व सम्झौता कार्यान्वयन नभएको गुनासो गरे ।


सहकारीको प्रादेशिक गोष्ठी वुटवलमा शुरु

राष्ट्रिय सहकारी नीतिको कार्यान्वय तथा प्रदेश एवं स्थानिय तहको भुमिका विषयक प्रादेशिक गोष्ठी बुटवलमा सुरु भएको छ । 

सहकारी क्षेत्रको प्रबद्र्धनमा राष्ट्रिय सहकारी नितीको कार्यान्वयन सम्बन्धी गोष्ठीको आयोजना गरीएको हो । गोष्ठीको भुमि व्यवस्था, सहकारी तथा गरिवी निबारण मन्त्री पद्मा कुमारी अर्यालले उद्घाटन गरिन् । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले संघीय सहकारी ऐन र स्थानिय सहकारी ऐनका कतिपयबुदाहरु बाझिदा दुविधा उत्पन्न भएको बताए । 


बुटवलमा फागुन ३ देखि क्यान मेला हुने

कम्युटर एशोसियसन अफ नेपाल क्यान महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा यही फागुन ३ गतेबाट क्यान मेला आयोजना हुने भएका छ । 

क्यान महासंघ रुपन्देहीले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । 

फागुन ३ देखि ७ गते सम्म बुटवल मण्डपमा मेला आयोजना हुने क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठले जानका दिए ।

मेलामा कल १५० स्टल रहने जनाइएको छ । यस्तै दुई लाखले अवलोकन गर्ने अपेक्षा लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप