शिकारीको गोली लागेर चितुवाको मृत्यु
डोटी । डोटीको शिखर नगरपालिका–१० वनलेकस्थित चामेको कुण्ड नजीक मृतावस्थामा फेला परेको पाटे चितुवा गोली लागी मृत्यु भएको पुष्टि भएको छ ।
चितुवा मृतावस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको र प्रहरीले आवश्यक प्रक्रियाका लागि डिभिजन वन कार्यालय डोटीमा बुझाएको थियो । डिभिजन वन कार्यालयमा चितुवाको शवपरीक्षण गर्दा चितुवाको शरीरमा दुई गोली लागेको उल्लेख गरिएको छ ।
पन्ध्र महीना जतिको भाले चितुवा भएको डिभिजन वन कार्यालय डोटीका रेञ्जर सुरेश रोकायाले बताए । उनले भने, “गोलीकै कारण चितुवा मरेको शवपरीक्षण रिपोर्टले पुष्टि गर्छ ।” चोरी शिकारी गर्ने व्यक्तिहरुले चितुवा मारेको हुन सक्ने भएको भन्दै डिभिजन वन कार्यालय डोटीले थप अनुसन्धान प्रक्रिया शुरु गरिरहेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, पशु एकाई कार्यालयको रोहवरमा डिभिजन वन कार्यालयल डोटीको कार्यालय परिसरमा नै चितुवा गाडिएको रेञ्जर रोकायाले जानकारी दिए । मरेको चितुवा बिहीबार डिभिजन वन कार्यालय डोटीलाई बुझाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ