मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

थ्रीस्टारलाई हराउँदै पुलिस च्याम्पियन

शनिबार, ०५ माघ २०७५, १८ : ४२
शनिबार, ०५ माघ २०७५

नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ ।

धनगढी रंगशालामा शनिबार भएको फाइनलमा पुलिसले रुस्लान थ्री स्टार क्लबलाई १–० गोलले हरायो । 

पुलिसको जीतमा एकमात्र गोल अभिषेक रिजालले गरे । ६४औं मिनेटमा निरकुमार राईले प्रहार गरेको कर्नर अभिषेक रिजाललाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

उपाधिसँगै पुलिसले २१ लाख रुपैयाँ प्राप्त गरेको छ ।

उपविजेता थ्री स्टारले १० लाख रुपैयाँमा चित्त बुझायो ।

खेलमा निर्णायक गोल गरेका अभिषेक म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

विधागत उत्कृष्टको पतर्फ पनि पुलिसले नै वर्चस्व जमायो । उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी भए । 

उत्कृष्ट मिडफिल्डर रुस्लान थ्री स्टारक विक्रम लामा घोषित हुँदा उदयीमान खेलाडी सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका भरत टमाटा घोषित भए ।

पुलिसका तिर्थ रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए । व्यक्तिगत विधातर्फ सबै विजेताले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप