शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रशिक्षणबीचमै छाडेर जापानबाट फर्किन् फुपु

शनिबार, ०५ माघ २०७५, १८ : २४
शनिबार, ०५ माघ २०७५

टोकियो ओलम्पिकको छनोटको तयारीका लागि जापानमा प्रशिक्षणरत जुडो खेलाडी फुपु ल्हामु खत्री प्रशिक्षणबीचमै छाडेर स्वदेश फर्किएकी छिन् ।

बाह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा जुडोमा नेपाललाई स्वर्ण दिलाएकी फुपूलाई सम्भावना भएको खेलाडीका रुपमा छनोट गर्दै नेपाल ओलम्पिक कमिटीले वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाएको थियो । 

गत वर्ष भएको साउथ एशियन जुडो च्याम्पियनशिपलगत्तै ओलम्पिक तयारीका लागि जापानमा प्रशिक्षण गर्न गएकी खत्री सम्बन्धित निकायलाई थाहै नदिइ केही दिनअघि स्वदेश फर्किएकी हुन् ।

उनले करीब आठ महीना जापानमा प्रशिक्षण गरिन् । 

नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले सम्बन्धित खेल सङ्घ र ओलम्पिक कमिटीलाई जानकारी नै नदिएर फुपू नेपाल फर्किएको जानकारी दिए ।

प्रशिक्षणका लागि जापान पुगेलगत्तै फुपू घाइते भएको र प्रशिक्षण गर्न नसकेर स्वदेश फर्केको आफूले जानकारी पाएको उनले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप