शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साथीको अन्तिम संस्कारमा पुगेनन् सलमान, परिवार–साथीभाइले यसरी गरे विदाई (फोटोफिचर)

शनिबार, १४ साउन २०७४, १२ : ४९
शनिबार, १४ साउन २०७४

‘क्योंकी सास भी कभी बहू थी’ का मिहिर विरानी अर्थात् इन्दर कुमारको अन्तिम संस्सकार शुक्रबार बेलुका वर्सोवा श्मशान भूमिमा गरियो । यतिबेला बलिउड वा टेलिभिजन जगतका थुप्रै स्टार देखा परे । अन्तिम बिदाईका लागि पारिवारिक सदस्य र साथीका साथै अयूब खान, डली बिन्द्रा, टीना घई र पुनित विशिष्ठसहित केही नायक–नायिकाको उपस्थिती थियो ।

सलमानका लागि भाइजस्ता थिए इन्दरः

सलमान खान इन्दर कुमारलाई आफ्ना भाइजस्तै मान्थे । उनले नै इन्दरको करियर बचाउनका लागि ‘कहीँ प्यार ना हो जाए’, ‘तुमको ना भूल पाएंगे’ र ‘वान्टेड’ जस्ता फिल्ममा काम दिलाएका थिए ।

सलमानका साथै इन्दरले ‘खेलाडियोंका खेलाडी’मा अक्षय कुमार र रबिना टन्डन, ‘तिरछी टोपी वाले’ मा चंकी पाण्डे, ‘कुंवारा’ मा गोबिन्दा, ‘मां तुझे सलाम’ मा सनी देओल, ‘बागी’ र ‘हतियार’ मा संजय दत्त र ‘गजगामिनी’ मा शाहरुख खान र माधुरी दिक्षितसँग काम गरे ।

यद्यपी, उनको फिल्मका कुनै पनि को–एक्टर उनको अन्तिम संस्कारमा देखा परेनन् ।

स्मरण रहोस्, सलमान शुक्रबार बिहान नै मुम्बई फर्किएका थिए, जबकी अक्षय कुमार लण्डनमा ‘गोल्ड’ को सुटिङमा व्यस्त छन् । अन्य को–स्टार्समध्ये धेरैजसो मुम्बईमा नै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप