शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माघ १२ गते हाँस्न तयार हुनुहोस्

शनिबार, ०५ माघ २०७५, १६ : ३७
शनिबार, ०५ माघ २०७५

काठमाडौं-विगत केही समय यता Nepgasm र Celebrity Management Nepal को संयुक्त अयोजना हुँदै  आइरहेको नेपालकै प्रथम तथा उत्कृष्ट Stand-up comdey शोको  पाँचौ संस्करण आउँदो माघ १२ गते हुने तय भएको छ।

 विगतका चार संस्करणमा यस शोले निकै चर्चा कमाइसकेको छ । Youtube मार्फत् शुरु गरिएको यस शोले दर्शकसामू निकै राम्रो प्रभाव पार्न सफल भइसकेको छ। 
त्यसैलाइ निरन्तरता दिने क्रममा उक्त सो माघ १२ गते राष्ट्रिय सभागृह गरिने भएको छ ।

सोमा लेख मणि तृताल , सरोज भन्डारी, डोरेश खतिवडा, उमेश कुमार गौतम (U.K.G) र बिबेक उप्रेतीसहित पाँच जना हास्यकलाकारकोको विशेष प्रस्तुति रहने जनाइएको छ ।

 यस शोको टिकट book my shows मार्फत् र Nepgasm को फेसबुक तथा इन्स्टाग्राम पेज मार्फत् डाइरेक्ट मेसेज गरेर बुक गर्न सकिन्छ भने डोर सेलमै पनि लिन सकिनेछ।

 यस शोको आयोजना Nepagasm र Celebrity Management Nepal को संयुक्त आयोजनामा भएको हो भने Grace international र Best deals nepal मुख्य प्रायोजक रहेका छन्। 
मिडिया पार्टनरको रूपमा रातोपाटी डटकमले सघाएको छ भने डिजिटल मिडिया हाम्रो पात्रो रहेको छ। 

एप्लिकेशन पार्टनरको रुपमा Bodhi Hd र सोसल मिडियामा Trending Nepal र JokesNepal  रहेका छन् ।

काठमाण्डौ भन्दा बाहिर पनि शो निकै लोकप्रिय भैसकेको छ भने बिस्तारै अन्तराष्ट्रिय स्तरमा पनि सो हुने जानकारी Nepagasm का संचालक शरद श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप