शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा फागुन ३ देखि क्यान मेला हुने

शनिबार, ०५ माघ २०७५, १६ : १९
शनिबार, ०५ माघ २०७५

बुटवल–कम्युटर एशोसियसन अफ नेपाल (क्यान) रुपन्देहीको आयोजनामा बुटवलमा आगामी फागुन ३ गतेदेखि क्यान मेला आयोजना हुने भएको छ । 

क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठले शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा  फागुन ३ देखि ७ गतेसम्म  बुटवल मण्डपमा मेला आयोजना हुने जानकारी दिए । 

क्यान महासंघ नेपालका  वरिस्ठ उपाध्यक्ष नवराज कुवरले यसपटकको मेला विगतको भन्दा बढि सूचना मैत्री र आधुनिक हुने जानकारी दिए । 

मेलामाा कूल १५० स्टल रहने जनाइएको छ भने २ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।  मेलाको प्रवेशमा विद्यार्थीका लागि रु ३० र अन्य सर्वसाधारणका लागि रु ५० रुपैयाँ टिकट मूल्य तोकिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप