मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मुसहर बालबालिकाले पाए न्यानो कपडा

शनिबार, ०५ माघ २०७५, १३ : ५७
शनिबार, ०५ माघ २०७५

काठमाडौं – रौतहटको  चन्द्रनिगाहापुर ४ मा रहेका मुसहर वस्तीको २ सय जना बालबालिकाहरुलाई जाडोको न्यायो कपडा वितरण गरिएको छ । 
 साझा पहल नेपाल नामक संस्थाले बिहीबार मुसहर बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । 

संस्थाले विगत ३ वर्षदेखि दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरुको शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको छ ।

संस्थाले मनकारी व्यक्तिहरुको सहयोगमा यो वर्ष मात्रै जाडोको समयमा करिब ४ सय जना विभिन्न विद्यालयका दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई  न्यानो कपडा वितरण गरिएको साझा पहल अध्यक्ष गीता केसी दर्नालले बताइन् ।
 उनका अनुसार मुसहर बालबालिकाअघि काभ्रेको चौरी देउराली गाउँपालिका सुर्योदय प्रावि, इश्वरीदेवी निमावि,कालिकादेवी प्रावि, बालज्योति प्रावि र ढाँडखर्क प्राविका १८५ जना दलित बालबालिकालाई जाडोको कपडा वितरण गरिएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप