राष्ट्रिय वाणिज्य बैंकको ५४ औं वार्षिकोत्सवमा प्रभातफेरी कार्यक्रम
काठमाडाैं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा बैंक प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत सुशिल श्रेष्ठ, नायब महाप्रवन्धकहरु टेकराज जोशी लगायत बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत वित्तीय समावेशीकरणका लागि वित्तीय साक्षरता मुलक ब्यानर, विविध चेतानामुलक प्लेकार्डसहित उपस्थित र्याली बैंकको केन्द्रीय कार्यालयस्थित सिंहदरबारप्लाजाबाट सुरु भएकाे थियाे । र्याली भद्रकाली, न्युरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै पुनः सिंहदरबारप्लाजामा आई समापन भएको थियो ।
कार्यक्रममा बैंक कर्मचारीसहित सयौँको संख्यामा सहभागी उपस्थिति रहेका थिए । बैंकले ५४ औं वार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुद तथा विविध कार्यक्रम गरिरहेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान