शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल

शनिबार, ०५ माघ २०७५, ०६ : १९
शनिबार, ०५ माघ २०७५

काठमाडाैं - वि.सं.२०७५ साल माघ ०५ गते । शनिबार । ईश्वी सन् २०१९ जनवरी १९ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि त्रयोदशी,२१ घडी ३५ पला,दिउँसो ०३ बजेर ३५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र मृगशिरा, ०४ घडी २० पला, बिहान ०८ बजेर ४२ मिनेट उप्रान्त आद्रा । योग ऐन्द्र, २६ घडी ४८ पला, बेलुकी ०५ बजेर ४० मिनेट उप्रान्त वैधृति । करण तैतिल, दिउँसो ०३ बजेर ३५ मिनेट उप्रान्त गर, रातको ०२ बजेर ३९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा बज्र योग । चन्द्रराशी मिथुन । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट । दिनमान २६ घडी २७ पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानि गर्दा घाटा हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । पढाई लेखाईमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निसँग मनमुटाव बढ्न सक्छ । दाजुभाइ तथा छिमेकिसँगको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेम प्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरी देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्निबीच मायाको डोरे कसिलो भएर जानेछ । फेसेनेवल तथा बिलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजनसँगै रहेर दिन कटाउँन पाउँदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा वृद्धि हुनाले काम गर्न आट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा बिलाशि वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउँन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाती रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दा पनि आम्दानी थोरै हुनेछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरीको विदेश यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशी संस्था तथा नियोग तिर काम पाउँने प्रशस्त सम्भावना रहेकोछ । सामान्य आँखासम्बन्धि समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विभिन्न भौतिक तथा विलाशी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आय स्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मनग्गे आम्दानी गर्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

कन्या ९टो,पा,पी,पू,ष,ण,ठ,पे,पो० राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुँन सक्छ । बुवा वा बुवासरहका मानिस सँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसी पार्न सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेम तथा पति पत्निबीच केही विषयमा मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धन माल हराउँन तथा लुटिन सक्छ सजक रहनु होला । व्यापार व्यावसायमा नाफा कमाउन बढी नै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्य कुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदी बहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बड्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा अविश्वास बढ्नेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसाय आम्दानी थोरै हुनेछ भने आज लगानी नगर्नुनै राम्रो हुनेछ । शुभचिन्तकको पनि साथ नहुँने हुँदा एक्लो पनको महसुष हुनेछ । पहिलेका सम्झौता भङ्ग हुनेछ भने साझेदारहरुबीच भनाभन हुने प्रशस्त सम्भावना रहेको छ । पढाई लेखाईमा अल्छी गर्नाले नतिजा भने जस्तो आउने छैन । विलासी सामान प्राप्तिको योग भए पनि तपाई आफ्नै कारणले टरेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाई लेखाईमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोमा हुनेछ भने पतिपत्निसँग मनमुटाव बढ्न सक्छ । आश्वासन दिनेहरुले फसाउन सक्छन् । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् । व्यापार व्यावसायमा लगानि गर्दा घाटा हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्यसम्बन्धि समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउने हुनाले कुनै पनि मुद्दा मामिलामा सामेल नहुँनु होला ।  

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विद्यामा गरिएको लगानीबाट सकारात्मक नतिजाको अपेक्ष गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानी बढाउँने वातावरण बन्नेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छातीसम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । प्रतिश्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुनेछ । तापनि व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप