शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थ्रीस्टार र पुलिसबीच फाइनल भिडन्त

शुक्रबार, ०४ माघ २०७५, २० : ५२
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं । तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा शनिबार रुस्लान थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । 

दुवै टोलीले मोफसलकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको उपाधि चुम्ने लक्ष्य राखेका छन् ।

पुलिसका प्रशिक्षक अनन्त थापाले प्रतियोगिताको फाइनल पुग्दा टोली हौसिएको बताए । ‘लिगमा पुलिसको अपेक्षित प्रदर्शन हुन सकेन । अहिले मोफसलको सर्वाधिक धनराशी रहेको प्रतियोगितामा फाइनल यात्रा तय गर्दा खेलाडीको मनोबल बढेको छ । राम्रो प्रदर्शन गर्दै उपाधि जित्नेछौं,’ थापाले भने । 

थ्रीस्टारका प्रशिक्षक उज्जवल मानन्धरले विपक्षी भन्दा बढी मिहिनेत गरेर उपाधि जित्नैका लागि खेल्ने बताए । ‘थ्रीस्टारको एउटै लक्ष्य भनेको उपाधि हो । हामी पुलिसले भन्दा बढी मिहिनेत गर्दै नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछौं,’ मानन्धरले भने । 

धनगढी रंगशालामा हुने फाइनल खेलको विजेता टोलीले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा एक सय ५० सीसी मोटरसाइकल र विधागत उत्कृष्टले जनही १५ हजार रुपैयाँ हात पार्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप