देउवा अनुपस्थित भएपछि संवैधानिक परिषद बैठक स्थगित
काठमाडौं– प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको शुक्रबार बोलाइएको बैठक स्थगित गरिएको छ । संवैधानिक आयोगका पदाधिकारीहरु नियुक्तीका लागि सिफारिस गर्न बोलाइएको संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्ष दलका नेता देउवा उपस्थित नभएपछि स्थगित गरिएको हो ।
बैठकमा परिषदका सदस्यहरुबीच विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका विषयमा भने सामान्य छलफल भएको थियो । प्रमुख प्रतिपक्ष दलका नेता अनुपस्थित भएपछि बैठक आगामी आईतबार ६ गते अपरान्ह ४ बजे पुनः बस्नेगरी स्थगित गरिएको परिषदका सदस्य एवम् राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । काँग्रेस सभापति समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता देउवा पार्टी कामको शिलशिलामा पोखरा पुगेका थिए ।
संवैधानिक व्यवस्थाअनुसार परिषदले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगका पदाधिकारी नियुक्तीका लागि सिफारिस गर्नुपर्ने हुन्छ ।
संविधानको धारा २ सय ५२ देखि २ सय ६५ सम्म विभिन्न आयोग गठन, आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार ती आयोगहरुको अध्यक्ष तथा सदस्यहरु संवैधानिक परिषदले नियुक्तका लागि सिफारिस गरी राष्ट्रपति समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिले नियुक्त गर्ने आयोगका पदाधिकारीहरुको पदावधि ६ वर्षको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ