बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिबन्धित सालकको खपटासहित स्वयम्भूबाट १ जना पक्राउ

शुक्रबार, ०४ माघ २०७५, १४ : १९
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं– प्रतिबन्धित सालकको खपटासहित थानकोटका वसन्त तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले स्वयम्भूस्थित भगवानपाउँ बाट ३१ वर्षीय तामाङलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

तामाङको साथबाट प्रहरीले दुईथान प्रतिबन्धित सालकको खपटा बरामद गरेको छ । साईटीस सन्धिअनुसार सालकको खपटा बेचविखन गर्न प्रतिबन्ध लगाइएको छ । तामाङले उक्त खपटा चितवनबाट ल्याएको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् । सालकको खपटा कारोबार गर्ने व्यक्तिलाई १२ बर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप