शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिन्दी गीतमा नेपाली मोडल श्रृष्टि

शुक्रबार, ०४ माघ २०७५, १३ : ०६
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं – नेपाली मोडल सृष्टि खड्काको अभिनय रहेको हिन्दी गीत  ‘कुच तो हे’को भिडियो सार्वजनिक भएको छ । भिडियो मोडलिङमा सृष्टिलाई समिम खानले साथ दिएका छन् । सृष्टिले नेपाली थुप्रै भिडीयोहरु अभिनय गरेकी छन् । 
‘कुच तो हे’ गीतमा गायिका ज्योतिका तन्गरी र यसर देसैको स्वर रहेको छ । ज्योतिकाले बलिउड फिल्ममा धेरै गति गायकी छन् । अजय जैसवालको संगीत र राशी महेस्वारीको शब्द यो गीत जी म्युजिक कम्पनिले बाहिर ल्याएको हो । 
गीतको भिडियो भने स्वप्निल जैसवालले निर्देशन गरेका हुन् । पबन गौतमको छायाँकन रहेको भिडियोमा कृष्ण रसलको कोरियोग्राफी र हैदिक सिंह रानाको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप