बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलयाती राजकुमार फिलिप कार दुर्घटनामा परे

शुक्रबार, ०४ माघ २०७५, १२ : ४३
शुक्रबार, ०४ माघ २०७५

सिएनएन । बेलायतका राजकुमार फिलिप, महारानी एलिजाबेथ द्वितियका पति, कार दुर्घटनामा परेका छन् ।

९७ वर्षीय राजकुमार सवार ल्याण्ड रोबर दुर्घटनामा परे पनि उनी सकुशल रहेका छन् ।

स्थानीय समय अनुसार दुर्घटना दिउँसो ३ बजे नोरफोल्कमा रहेको रानीको स्यान्ड्रिङहम स्टेट नजिकैको सडकमा गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

फिलिपको कारसँगै दुर्घटनामा परेको अर्को गाडीमा सवार ड्राइभरलाई चोट लागेको छ भने महिला यात्रुको हातमा चोट लागेको प्रहरीले जारी वक्तव्यमा भनिएको छ ।

दुवै ड्राइभरले मादक पदार्थ सेवन गरे–नगरेको जाँच गर्दा दुवै पास भएको पनि प्रहरीको भनाई छ ।

दुर्घटनापछि स्यान्ड्रिङहम स्टेटमा नै डाक्टरले उनको जाँच गरेका थिए । डाक्टरहरुले उनको शरीरमा कुनै भित्री चोट नरहेको बताएका छन् ।

यता, धेरैले ९८ पुग्न पाँच महिना बाँकी रहेका फिलिप गाडी चलाउनका लागि योग्य भएको वा नभएको बारे प्रश्न उठाएका छन् ।

बेलायतमा ७० वर्ष उमेरभन्दा बढीका ड्राइभरले प्रत्येक तीन वर्षमा लाइसेन्स अध्यावधिक गराउनुपर्छ । 

रानी एलिजाबेथलाई ड्राइभर लाइसेन्स आवश्यक नभए पनि फिलिपका लागि भने अनिवार्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप