फ्राइडे रिलिज : एक्लै आयो ‘गरुड पुराण’
काठमाडौं – फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट एक मात्र फिल्म ‘गुरुण पुराण’ प्रदर्शनमा आएको छ । उपत्यका र बाहिर गरेर करिब ९० पर्दामा फिल्म रिलिज भएको निर्देशक सुवास कोइरालाले जानकारी गराए ।
हास्यप्रधान फिल्म ‘गरुड पुराण’ ले सेन्सर बोर्डबाट ‘पिजी सर्टिफिकेट’ पाएको छ । फिल्मले दर्शकलाई दुई घन्टा पूर्णमनोरञ्जन दिने निर्देशक कोइरालाको दाबी रहेको छ ।
‘हलमा फिल्म हेरुन्जेल दर्शक खुब हाँस्दै रमाउने छन्’ निर्देशक कोइरालाले भने,‘यो फिल्ममा ब्यान्ड बाजा बजाउने एउटा समूह र उनीहरुको परिवारले गरेको संघर्षको कथा छ ।’
अभिनेता नाजिर हुसेन, कर्मा, नवअभिनेत्री प्रियंका सिंह, प्रविण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, रश्मी भट्ट सहितको यसमा मुख्य अभिनय फिल्ममा रहेको छ ।
सुसन प्रजापतिको छायांकन, रिनाशा बान्तवा राईको नृत्य, उज्ज्वल ढकालको सम्पादन, गगन श्रेष्ठको निर्माण व्यवस्थापन रहेको फिल्म अजित प्रजापति र अशोक गौतमले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी