शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डा. केसीलाई भेट्न गगन थापा शिक्षण अस्पतालमा

शुक्रबार, ०४ माघ २०७५, ११ : ५९
शुक्रबार, ०४ माघ २०७५

काठमाडौँ – डा. गोविन्द केसीलाई कांग्रेस नेता गगन थापाले भेटेका छन् । शिक्षण अस्पतालमा उपचारारत डा. केसीलाई भेट्न पुगेका थापाले केसीको स्वास्थ अवस्थाबारे कुनै प्रतिक्रिया दिएनन् ।
 
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि ९ दिनदेखि इलाममा अनसनरत डा. केसीलाई बिहीबार सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो । 

बिहिबार राति १० बजेर ३ मिनेटमा इलाम अस्पतालबाट उनलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको थियो । इलाममा हेलिकोप्टर ल्याण्ड गर्न असम्भव भएपछि भद्रपुरबाट उनलाई काठमाडौँ ल्याइएको उनका सहयोगीले बताएका छन् । 

उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा उपचार भइरहेको छ ।  उनको अबस्था चिन्ताजनक नै रहेको उनी निकट स्रोतले जनाएको छ । 

उनका सहयोगी प्रितम सुवेदीका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाम  गएको सरकारी चिकित्सक टोलीको आग्रहमा उनी काठमाडौं आउन राजी भएका थिए ।  

चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसी १६ औं अनसनमा बसेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप