शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फागुन ९ देखि ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

शुक्रबार, ०४ माघ २०७५, ११ : ५४
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं – आगामी फागुन ९ देखि १३ गतेसम्म राजधानीमा ‘दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१९’ आयोजना हुने भएको छ । 

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले चलचित्रको पहिचान र स्थापनमा लागि यो महोत्सव आयोजना गर्न लागेको हो । 

बिहीबार नेपाल पर्यटन बोर्डमा पत्रकार सम्बेलन गर्दै आयोजकले महोत्सवको विभिन्न पक्षबारे जानकारी दिइएको हो । महोत्सवका लागि तयार गरिएको प्रोमो क्लिक गर्दै वरिष्ठ चलचित्रकर्मी यादव खरेलले महोत्सवको औपचारिक शुभारम्भ गरेका थिए ।

‘नेपालमा बेलाबेलामा आयोजना भएका महोत्सवले मूल धारमा निर्माण भएका चलचित्रलाई खासै स्थान दिएका छैन’ आयोजक संस्थाका अध्यक्ष केपी पाठकले भने ‘हामी त्यस्ता चलचित्रका लागि ठाउँ बनाउन लागि परेका छौ ।’ सिक्न, सिकाउन, हेर्न र देखाउन महोत्सव आयोजन गर्न लागिएको उनको भनाई थियो । 

निर्देशक दयाराम दाहाल, नीर शाहले चलचित्रको विकास तथा प्रवद्र्धनका लागि महोत्सव महत्वपूर्ण हुने धारणा राखे । 

नेपालसहित विश्वका ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु देखाइने महोत्सवमा नेपालका ६ वटा फिचर र १० सर्ट फिल्म गरी १६ देखाइने छ । विदेशी फिल्महरुमध्ये ३१ सर्ट फिल्म र ६ वटा फिचर फिल्म प्रदर्शन हुनेछन् ।
कथा वाचन प्रतियोगिता समेत रहेको महोत्सवमा प्रदर्शन भएका मध्ये एक उत्कृष्ट फिचर फिल्म एक हजार अमेरिकी डलरसहित पुरस्कृत हुनेछ । साथै छोटो फिल्मतर्फ उत्कृष्ट फिल्मले पाँच सय अमेरिकी डलर पाउने छ । नेपाली फिल्मका लागि उत्कृष्ट निर्देशक तथा लेखकका लागि पनि अवार्ड दिइने बताइएको छ ।

महोत्सवको निर्णायक संयोजकको रूपमा कलाकार नीर शाह छन्, भने सदस्यहरुमा निर्देशक नवीन सुब्बा, चिनियाँ निर्देशक प्रा.डा. लियान क्यो, भारतीय फिल्म लेखक प्रेमेन्द मजुमदार, स्विट्जरल्यान्डकी फिल्म प्राध्यापक तथा फोर्ट नाइट फिल्म सेक्सनका सदस्य आनी दिलसेथ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप