शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा हुने खेलको क्यालेन्डर र ‘फ्लायर’ अमेरिकामा सार्वजनिक

शुक्रबार, ०४ माघ २०७५, ११ : ४९
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं– नेपालमा आयोजना हुन लागेको ‘आइएफबीबी प्रोफेसन लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर)’ को क्यालेन्डरसहित प्रतियोगिताको ‘फ्लायर’ अमेरिकामा सार्वजनिक भएको छ । ‘आइएफबीबी प्रोफेसनल लिग’ को अमेरिकास्थित ‘हेडक्वार्टर’ ले प्रतियोगिताको विषयमा क्यालेन्डर र ‘फ्लायर’ सार्वजनिक गरेको हो ।

अमेरिकामा सार्वजनिक क्यालेन्डर र ‘फ्लायर’ मा नेपालमा आयोजना हुने ‘प्रो क्वालिफायर’ यस वर्षको पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता भएको उल्लेख छ । नेपालभन्दा अगाडि भारतको ४ वटा शहरमा यो प्रतियोगिता आयोजना हुँदैछ । तर, त्यो प्रतियोगिताहरू क्षेत्रीय मात्र भएको उल्लेख छ ।

‘आइएफबीबी लिग नेपाल’ का अध्यक्ष सानु गुरुङले नेपालमा आयोजना हुन लागेको ‘प्रो क्वालिफायर’ को विषयमा अमेरिकामा क्यालेन्डर सार्वजनिक गर्नुले प्रतियोगिताको महत्वलाई झल्काएको बताए । उनले नेपाली बडिबिल्डिङका लागि मात्र नभएर सम्पूर्ण खेल जगतका लागि खुसीको खबर भएको जनाए ।  

‘यसले विश्वभरी छरिएर रहेका बडिबिल्डर माझ नेपाल पनि बडिबिल्डरहरूको देश हो भनेर चिनाउन मद्दत पुग्ने छ,’ गुरुङले भने ।

‘आइएफबीबी प्रोफेसन लिग’ ले आफ्नो ‘वेब साइट’ मा सार्वजनिक गरेको ‘फ्लायर’ मा विश्वको सर्वोच्च सगरमाथाको पृष्ठभूमिमा ‘गेष्ट पोजर’ को रुपमा नेपाल आउन लागेका विश्वकै ठूलो ज्यान भएका बडिबिल्डर रोली विङ्कलारको फोटो पनि समावेश गरेको छ ।

‘आइएफबीबी लिग नेपाल’ ले गत बुधबार पत्रकार सम्मेलन गरेर रोली विङ्कलार नेपाल आउन लागेको सार्वजनिक गरेको थियो । विङकलारले आफू छिट्टै नेपाल आउने सन्देशसहितको भिडियो पनि पठाइसकेका छन् ।

‘हामीलाई अन्य देशबाट इमेल प्राप्त भइरहेको छ,’ अध्यक्ष गुरुङले भने, ‘खेलाडीहरूले नेपाल आउने प्रक्रियाको विषयमा हामीलाई सोधिरहेका छन् ।’

‘आइएफबीबी प्रोफेसन लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप– २०१९ (प्रो क्वालिफायर)’ फागुन ३–४ मा प्रज्ञा भवन कमलादीमा आयोजना हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप