शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच वर्षपछि भारतबाट तीन बालकको उद्धार

शुक्रबार, ०४ माघ २०७५, १० : ५८
शुक्रबार, ०४ माघ २०७५

राँझा – बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ । 

सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । 

विसं २०७० माघमा उनीहरु गाउँका मङ्गल बमसँगै भारत गएर सम्पर्कविहीन भएका थिए । गत पुस २१ गते बालकलाई भारत लैजाने बम एक्लै गाउँ फर्किएपछि बालकका आफन्तले खोजीका लागि प्रहरीमा निवेदन दिएको प्रहरी उपरीक्षक पौडेलले बताए । 

निवेदनलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले बेपत्ता बमको सहयोगमा बालकलाई भारतबाट उद्धार गरी नेपाल ल्याएर बिहीबार अभिभावकको जिम्मा लगाएको उनले बताए । 

उद्धारपश्चात् बालकले आफूहरु भारत हिमाञ्चल प्रदेशको एक होटलमा काम गर्दै आएको बताएका छन् । पाँच वर्षदेखि बेपत्ता छोरालाई भेटेपछि अभिभावक खुशी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप