ठगी गर्ने तीन पेट्रोल पम्प कारवाहीमा

file photo
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले ठगी गर्ने तीन पेट्रोल पम्पलाई कारवाही गरेको छ ।
विभागको टोलीले सिल विगारेर पेट्रोल तथा डिजेल बिक्री वितरण गर्ने कृष्ण आयल स्टोर सिमरोनगढ बारा, सोनु आयल ट्रेडर्स तेलकुवा बारा र आयुष आयल स्टोर कभीगोठ बारालाई आज कारवाही गरेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बिक्री गर्ने मात्राभन्दा कम मात्रामा तेल बिक्री वितरण गरेकाले कारवाही गरिएको जानकारी दिए ।
ठगी गर्ने उक्त तीन पेट्रोल पम्पलाई नोजलहरु शिल गरी कारोवार रोक्का गरिएको विभागले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ