बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटना कम गर्न सिरहा ट्राफिक प्रहरीले चालकको आँखा जाँच गर्ने

बिहीबार, ०३ माघ २०७५, २० : ५०
बिहीबार, ०३ माघ २०७५

सिरहा । दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले सडकमै चालकको आँखा जाँच गर्ने गरेको छ । 

सडक दुर्घटना रोक्न सडकमै सवारी रोकेर ट्राफिक प्रहरीलगायत चिकित्सकहरुको टोलीले आज (विहिबार) चालकको आँखा परीक्षण गरेको हो । 

लहान नगरपालिका–१ बजरंग पेट्रोल पम्प अगाडि पूर्वपश्चिम लोकमार्गमा यातायात व्यवस्था कार्यालय लहानको मेकानिकल टिम, कामना नरसिंह होम लहानका मेडिकल टिम, सगरमाथा चौधरी आँखा अस्पतालका विशेष आँखा चेकजाँच टिम, इलाका प्रहरी कार्यालय लहान, यातायात व्यवसायी संघका पदाधिकारीको उपस्थितिमा चालकको आँखा परीक्षण गरिएको हो । 

परीक्षणका क्रममा थुप्रै चालकको आँखामा समस्या देखिएपछि औषधी उपलब्ध गराइएको र थप उपचारका लागि अस्पताल जान सुझाव दिएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।  

बिहानैदेखि सवारी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान नदिने गरेको पाइएपछि सिरहा ट्राफिकले आफ्नो मातहतका क्षेत्रमा सवारी जाँचसँगै चालकको स्वास्थ्य परीक्षणको अभियान नै सुरु गरेको हो । 

आँखा परीक्षणसँगै ट्राफिक प्रहरीले सवारीको अवस्थाको बारेमा समेत जाँच गरेको थियो । परिक्षणको क्रममा जम्मा १ सय ९६ जना चालकको आँखा जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज कुमार चौधरीले बताए । जसमा ५ जनाको कलर भिजन नभएको, १२ जनामा हाईप्रेसर भएको र ६ जनामा ब्लाइन्डनेस भएको पाइएको उनले बताए ।

चेकजाँचमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका डा. सुरतलाल महतो, ओप्टिमिष्टिक एसिस्टेन्ट रामानन्द विक, यातायात कार्यालय लहानका मेकेनिकल सुपरभाइजर सुदिप दास लगायतका रहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप