शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माघ ३ प्रदेश ५ हेडलाइन : कहाँ के–के भयो ?

बिहीबार, ०३ माघ २०७५, २० : ०३
बिहीबार, ०३ माघ २०७५

राजधानी माग्दै बुटवलमा नेपाली काँग्रेसको शक्ति प्रर्दशन

बुटवल– प्रदेशसभा स्थानीय तहको निर्वाचन सकिएपछि रुपन्देहीमा नेपाली काँग्रेसले आज ठुलो शक्ति प्रर्दशन गरेको छ । प्रदेशसभाबाट राजधानी घोषणा गर्न ढिलाई भएको भन्दै खबरदारी स्वरुप प्रदर्शन र सभा गरेको हो । काँग्रेसले निर्वाचनपछि विशाल संख्यामा कार्यकर्ताहरु सडकमा उत्तारेको यो पहिलोपटक हो । 

बुटवलको राजमार्ग चौराहाबाट काँग्रेसको र्यालि ट्राफिकचोकमा कोण सभामा परिमणत भएको थियो । कोषसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले लूम्बिनीलाई बाँके, बर्दिया र रोल्पा रुकुमसँग जोड्नको लागि रुपन्देहीलाई राजधानी बनाउनु पर्ने बताएका छन् । उनले आ–आफनो विशेषताका आधारमा तत्कालीन प्रधनमन्त्री  शेरबहादुर देउवाले रुपन्देहीलाई राजधानी तोक्नुभएको दाबी गरे । नेपाली काँगेसका केन्दीय सदस्य चन्द्र भण्डारीले रुपन्देहीबाट राजधानी दाँयाबाँया गराए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

गतवर्ष तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको राजधानी नै स्थायी राजधानीका लागि उपयुक्त हुने तर्कसहित कांग्रेस रुपन्देहीले दबाबमूलक कार्यक्रम गरेको हो । देउवाले आजकै दिन राजधानी तोक्नुभएको एक बर्ष पुरा भएको दिनको सम्झनामा सो प्रर्दशन गरिएको हो । रुपन्देही तथा छिमेकी जिल्लाबाट आएका काँग्रेसका कार्यकर्ताहरुको प्रदर्शनमा सहभागिता थियो । कार्यक्रममा नेपाली काँग्रेस पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले सरकारले शान्ति शुरक्षा कायम गर्न नसकेको बताए ।

शान्ति समाज रुपन्देहीद्वारा प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

बुटवल– मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनालले वर्तमान सरकारले सत्याग्रही डा.गोविन्द केसीलाइ मार्न चाहेको आरोप लगाएका छन् । सरकार सबैको अभिभावक बन्न नसकेको भन्दै उनले अनसनरत केसीको जीवन बचाउन सबैले दबाद दिनुपर्ने वताए ।

सत्याग्रही डा.गोविन्द केसीसँग विगतमा भएका सहमतिहरु कार्यान्वयन गर्न आग्रह गर्दै मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले इलाका प्रशासन कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाउने कार्यक्रमलाइ सम्बोधन गर्दै खनालले सत्यसँग सरकार डराएकाले मारेर हाइसुख्ख खोजेको आरोप लगाए । पूर्वसहमति पालना नगर्ने सरकारले डा.केसीलाइ पुन अनसनमा बस्न बाध्य पारेको उनको भनाइ थियो ।

ज्ञापनपत्र बुझ्दै ईलाका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत विष्णुप्रसाद ज्ञवालीले ज्ञापनपत्र यथाशिघ्र प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतमले सरकारले केसीसँग गरेका सहमति कार्यान्वयन गर्नुपर्ने बताइन् ।

वाइडबडी काण्डमा दोषी देखिएका सबै कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । समाजका रुपन्देही सभापति डिपी खनालले सहमति कार्यान्वयनमा सरकारले उदासिनता देखाउदा आम जनमानसमा वितृष्णा उत्पन्न भएको बताए । सभापति डिपी खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अर्जुन ज्ञवालीले गरेका थिए ।

भूकम्पीय जोखिम न्यूनिकरण सबैको ध्यान जानुपर्छ : पूर्वमन्त्री पाण्डे

माघ–पूर्वमन्त्री सोमप्रसाद पाण्डेले भूकम्पीय जोखिम न्यूनिकरण र पूर्व तयारी सम्बन्धी सचेतनाको खाँचो रहेको औल्याएका छन् ।  २१ औं भूकम्प सुरक्षा दिवसका अवसरमा बिहिबार तानसेनमा आयोजित कार्यक्रममा बोल्दै उनले मापदण्ड कार्यान्वयन र सुरक्षित पूर्वाधार निर्माणमा तानसेन नगरपालिका लगायत सम्बद्द निकायले आवश्यकता अनुसार कठोर निर्णय समेत लिन सुझाव दिए । विगतमा जनधनको क्षति हुन गएको स्मरण गर्दै भविष्यमा मानवीय एवं आर्थिक क्षतिलाई न्युनिकरण गर्नुपर्ने धारणा उनले राखे । 

प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले नेपाल सरकारले विक्रम सम्वत् १९९० को भूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन सुरु गरेको बताए । भूकम्प आफैंले ज्यान लिने नभई मानिसद्वारा निर्मित असुरक्षित पूर्वाधारको कारण ठुलो क्षति बेहोर्नुपरेको उनले बताए । उनले २०७२ साल वैशाख १२ को भूकम्पमा समेत जनता र राज्यले ठूलो क्षति व्यहोर्नुपरेको बताए ।

शैक्षिक महायज्ञ शुरु
बुटवल– दाङको बराह क्षेत्र मावि सेवार वनगाउँ विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि घोराहीमा महायज्ञ सुरु गरिएको छ । विद्यालयको आयोजनामा श्रीमद्भागवत धनधान्याचल बिराट ज्ञान महाज्ञय तथा शैक्षिक धार्मिक महामहोत्सव सुरु भएको हो । बिहिवार महायज्ञको प्रदेश सभा सांसद् अमरबहादुर डाँगीले उद्घाटन गरे ।

उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि महायज्ञले भूमिका खेल्ने भन्दै आर्थिक अभावका कारण विद्यालयको चौतर्फी विकास हुन नसकेको बताए । ‘विद्यालयको जुन गतीमा विकास हुनुपर्ने थियो, त्यसो हुन सकेन, आर्थिक आम्दानीको स्रोत अभावका कारण यस्तो समस्या भएको हो’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप