शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नायिका ऋचा शर्मा अस्पताल भर्ना, क्रमशः स्वास्थ्यमा सुधार

बिहीबार, ०३ माघ २०७५, १९ : ५४
बिहीबार, ०३ माघ २०७५

काठमाडौं । नायिका ऋचा शर्मा बुधबार साँझ अस्पताल भर्ना भएकी छन् । शर्मालाई छातीमा सामान्य समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । 

रातोपाटीसँगको कुराकानीमा ऋचाले आफूलाई हर्ट अट्याक नभएको दाबी गरेकी छन् । उनले भनिन्, ‘छातीमा सामान्य समस्या आएकाले उपचारको लागि अस्पतालमा भर्ना गरिएको हो ।’

अस्पताल स्रोतका अनुसार नायिका ऋचाको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ । ऋचालाई भोली बिहान डिस्चार्ज गर्ने अस्पतालले बताइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप