बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीश जबराले गरे पाँच न्यायाधीशलाई कारबाही

बिहीबार, ०३ माघ २०७५, १९ : ३३
बिहीबार, ०३ माघ २०७५

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबराले न्यायपालिका शुद्धिकरण अभियान सुरु गरेका छन् । न्यायालयमा शुद्धिकरण अभियान चलाउने प्रतिबद्धता जनाएका प्रधानन्यायधीश जबराले उच्च अदालत विराटनगरका पाँचजना न्यायधीशलाई कारबाही गरेका छन् । 

साढे ३३ किलो सुनकाण्डका प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएका भन्दै प्रधानन्यायधीश जबराले पाँचजना न्यायधीशलाई कारबाही गरेका हुन् । 

गलत नियतले न्याय सम्पादन गर्ने गरेको भेटिएपछि उनीहरुलाई सामुहिक रुपमा न्यायपरिषद सचिवालयमा तानिएको छ ।

कारवाहीमा पर्ने न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् । उच्च अदालतका न्यायाधीशहरु यति ठूलो संख्यामा एकैपटक कारबाहीमा परेको यो पहिलो घटना हो ।

साढे ३३ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङले चालक र लोडरलाई सामान्य तारिखमा छाडेर अरु अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उच्च अदालतले जिल्ला अदालतको निर्णय उल्टाउँदै उनीहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । 

प्रधान न्यायाधीशको सपथ ग्रहणपछि कार्यभार सम्हाल्दै चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धिकरण अभियानलाई प्राथामिकतामा राखी तीब्रता दिने बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप