शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेट: मालढुंगामा ७ जनाको मृत्यु, ३२ घाइते, घाइतेहरुको कुन-कुन अस्पतालमा उपचार भैरहेको छ ? (नामसहित)

बिहीबार, ०३ माघ २०७५, १९ : ०४
बिहीबार, ०३ माघ २०७५

पर्वत– पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा आज बिहान भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तीन जनाको घटनास्थलमै र चार जनाको धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस विहान साढे ८ बजे पर्वतको मालढुंगा नजिकै दुर्घटनामा परेका थियो ।

दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत भएको छ । सनाखत हुनेमा म्याग्दीको पाखापानीका राजेश पुन, विषमाया पुन, पर्वतको जलजला गाउँपालिका–८ का टिके परियार, उनकी श्रीमती सेती परियार र बाग्लुङ्ग नगरपालिका–४ कुडुलेकी शान्ति केसी रहेकी छन् ।अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाईते भएका ३४ मध्ये १७ जना गम्भीर छन् ।बस सडकबाट तल खस्दा ठुला–ठुला ढुंगामा ठोक्किदै झरेका कारण घाइते हुनेको संख्या बढीरहेको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।घाईतेमध्ये २० जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ भने गम्भीर चार जनालाई हेलिकप्टर मार्फत पोखरा नै लगिएको छ । अन्यको बागलुङमै उपचार भैरहेको प्रहरी नायब उपरिक्षक तिवारीले जानकारी दिए ।

साघुँरो बाटोमा तीब्र गतिका कारण बस सडकबाट झण्डै दुई सय मिटर तल कालीगण्डकी नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको काठमाडौंको छाउनी र ग्रान्डी, पोखराको मणिपाल अस्पताल, बागलुङ अस्पतालमा समेत उपचार भैरहेको छ । छाउनी अस्पताल काठमाडौंमा रहेका ७ जनाको अवस्था गम्भीर रहेको छ भने २२ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ । २ जनाको ग्रान्डी अस्पताल काठमाडौंमा उपचार भैरहेको छ । 

मृतकको नाम : 
-म्याग्दी पाखापानी–२ बस्ने २१ वर्षीय राजेश पुन 
-पर्वत जलजल गाउँपालिकाकी ५५ वर्षीय  अमिसरा पुन              
-अन्य १ जना पुरुषको नामथर नखुलेको 

जिल्ला अस्पताल बागलुङमा उपचारको क्रममा  मृत्यु भएकाहरु
     
–पर्वत जलजला गाउँपालिका वडा नम्बर ८ बस्ने  ४० वर्षीय  सेती परियार र उनका ५० वर्षीय श्रीमान टिके परियार ।                                                                                                                             –बागलुङ जिल्ला बागलुङ नगरपालिका ४ कुडुले बस्ने बर्ष ४८ का शान्ति केसी ।                                                                                        

–त्यस्तै पर्वतकै जलजला गाउँपालिका ७ बस्ने २२ वर्षीय जिवन विक रहेका छन् । 
                                                                                                                                                                                                               
घाईतेहरु :
–कालिकोट महावल गापा ४ बस्ने ५२ वर्षीय राजबहादुर सिह (छाउनी अस्पताल रिफर)

–पर्वत जलजला गाउँपालिका ८ बस्ने १३ वर्षीय विक्रम रेग्मी (मणिपाल पोखरा रिफर) सोही ठाउँ बस्ने ३१ वर्षीय कमला रेग्मी (मणिपाल अस्पताल पोखरा रिफर), सोही ठाउँ बस्ने  कुशल रेग्मी (मणिपाल अस्पताल पोखरा रिफर)

–कास्की (पोखरा) ३३ बस्ने ४० वर्षीय लक्ष्मी बोहरा (मणिपाल अस्पताल पोखरा रिफर), सोही ठाउँ बस्ने बर्ष ११ कि दिपिका बोहरालाई पनि मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ । 

–म्याग्दी बेनी नपा ८ बस्ने बर्ष ६३ का लक्ष्मीप्रसाद विक (छाउनी अस्पताल रिफर)

–कास्की अन्नपुर्ण गापा ४ बस्ने २८ वर्षीया चन्द्रा आचार्य ( मणिपाल अस्पताल पोखरा रिफर ) उनकै छोरा

 -बर्ष ३ को संकल्प पौडेल (मणिपाल अस्पताल रिफर)  

–पर्वत जलजला गाउँपालिका ७ बस्ने बर्ष ३९ की विषमाया पुन (मणिपाल रिफर)

– म्याग्दी बेनपा गाउँपालिका ७ बस्ने बर्ष ६७ का टेकनाथ पौडेललाई डाईनेष्टिक एयरको हेलिकोप्टरबाट ग्रान्डी अस्पताल काठमाडौं रिफर ।

–पर्वत कुश्मा नपा ९ बस्ने  ३५ वर्षीय तिलक पराजुली मणिपाल अस्पताल पोखरा रीफर । उनी बसका चालक समेत हुन् ।

–पर्वत जलजला ७ बस्ने  ५२ वर्षीया उद्बिर तिलिजा मणिपाल अस्पताल पोखरा रिफर ।

–चितवन लङपुर बस्ने बर्ष ४५ को रोहीडी प्रसाद चापागाई छाउनी अस्पताल रिफर ।

–म्याग्दी बेनी नपा ७ बस्ने बर्ष ६८ को टेक बहादुर पुनलाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ भने बस्ने बर्ष ६३ कि मन्दिरा पौडेललाई डाईनेष्टिक एयरको हेलिकोप्टरबाट ग्रान्डी अस्पताल काठमाडौं रिफर गरिएको छ । सोही ठाउँ बस्ने ५६ वर्षीया हेमकला रेग्मीलाई मणिपाल रिफर गरिएको छ ।

सोही ठाउँ बस्ने ६३ वर्षीया सुन्दरी पौडेल, पर्वत जलजला ७ का कमल पौडेल, सोही ठाउँका बालकृष्ण पौडेल, चितवन भमनपा ४ बस्ने बर्ष ५६ कि पुर्णकला बस्नेत, पर्वतका राजन सापकोटा, धादिङका मानबहादुर गुरूङ,पर्वत जलजलाका देवीलाल नेपाली, सोही ठाउँ बस्ने दिपक परियारलाई मणिपाल अस्पतालमा रिफर गरिएको छ भने धादिङका कृष्ण पौडेललाई छाउनी अस्पताल काठमाडौंमा रिफर गरिएको छ । 

त्यस्तै, धादिङकै ३० वर्षीया लक्ष्मी पौडेललाई हेलिकोप्टरमार्फत पोखरा मणिपाल रिफर गरिएको छ, उनको अवस्था गम्भिरि रहेको प्रहरीले जनाएको छ । धादिङकै ७ वर्षीय बालक प्रमाण पौडेललाई छाउनी अस्पताल काठमाडौं रिफर गरिएको छ । उनी लक्ष्मी पौडेलका छोरा हुन् ।

उता ९ वर्षीया प्रवेशिका पौडेललाई  छाउनी अस्पताल काठमाडौं रिफर गरिएको छ । उनी लक्ष्मीकै छोरी हुन् ।  त्यस्तै सोही ठाउँ बस्ने ३५ वर्षीया तुलसी सुवेदीलाई मणिपाल अस्पताल रिफर गरिएको छ भने बागलुङ जैमिनी नपा ४ बस्ने  १६ वर्षीय अमिर क्षेत्रीको बागलुङ अस्पतालमा उपचार भई रहेकोछ । उनी बसका सह चालक समेत हुन् ।

दुर्घटनामा परेका म्याग्दी बेनी नपा ८ संगमचोक बस्ने दिपेन्द्र बिकलाई छाउनि अस्पताल रिफर गरिएको छ ।                

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप