शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानाध्यापक र लेखापाललाई कार्यालयमै विद्यार्थीले चार घण्टासम्म थुनेपछि...

बिहीबार, ०३ माघ २०७५, १८ : ५३
बिहीबार, ०३ माघ २०७५

रौतहट । छात्रवृतिको रकम अनियमिततालगायत विभिन्न आरोपमा जिल्लास्थित एक सामुदायीक विद्यालयका प्रधानाध्यापक र लेखापाललाई विद्यार्थीहरुले कार्यालय कोठाभित्रै थुनेका छन् ।

गरुडा नगरपालिका–८ जिंगडियास्थित रामचन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापक सुबोधकुमार चौधरी र लेखापाल प्रेमशंकर मिश्रलाई आज बिहीवार कार्यालयको कोठाभित्रै चार घण्टासम्म थुनेका हुन् ।

विद्यालय समयमा गएका प्रधानाध्यापक चौधरी र लेखापाल मिश्रलाई विद्यार्थीहरुले विहान ११ बजेदेखि कार्यालयको कोठामा ताल्चा लगाएर थुनेका थिए ।

घटनाको खबर पाएसँगै इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक अनमोल खड्काको नेतृत्वमा गएको प्रहरी तथा जन प्रतिनिधिको टोलीले दिउँसो ३ बजे कार्यालयमा लगाइएको ताला खोलेर प्रअ चौधरी र लेखापाल मिश्रको उद्दार गरेको थियो ।

कम्प्युटर बिषयको प्राक्टिकल नभएको, विज्ञान बिषयको ल्याबमा कमी, लाइब्रेरीको अभाव  र  पछिलो एक वर्षदेखि छात्रवृती रकम  अनियमितता गरेको भन्दै आक्रोशित कक्षा आठ, नौ र १० का विद्यार्र्थीरुले प्रअ चौधरी र लेखापाल मिश्रलाई कोठामै ताल्चा लगाएर ४ घण्टा थुनेका एक स्थानीइले जानकारी दिए । 

विद्यार्थीहरुले प्रअ र लेखापाललाई थुनेको खबर पाएपछि इलाक प्रहरी कार्यालय गरुडाका प्रमुख खड्का, गरुडा नगरपालिकाको शिक्षा संयोजक मौजेलाल यादव, गरुडा नगरपालिकाको शिक्षा स्रोत व्यक्ति, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वशिष्ठ यादव लगायतले विद्यार्थीहरुलाई सम्झाईबुझाई ताला खोलेको कक्षा १० मा अध्ययनरत विद्यार्थी अजय रामले बताए ।

भोली शुक्रवार बिहान ११ बजे विद्यालय व्यवस्थापन समितिको बैठक बसी विद्यालयमा देखिएको समस्या समाधान तथा छात्रवृत्तिको रकमको लेखाजोखा हिसाब फर्छौट गर्न विद्यार्थी, शिक्षक, अभिभावक, र नगरपालिकाका प्रतिनिधीबीच सहमती भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

सोही सहमति अनुसार विद्यालयमा देखिएको समस्या तत्कालको लागि समाधान भएको प्रहरी निरीक्षक खड्काले बताए । समस्याबारे विद्यालयका प्रधानाध्यापक चौधरीसँग प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप