शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हाइड्रो एक्स्पोको सबै तयारी सकियो, उपराष्ट्रपतिले शुक्रबार उद्घाटन गर्ने

बिहीबार, ०३ माघ २०७५, १८ : ४१
बिहीबार, ०३ माघ २०७५

काठमाडौं– स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा भएको छ ।

राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा माघ ४ गते शुक्रबार बिहान ११ बजे सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पोको उद्घघाट्न गर्ने आयोजकले जनाएको छ । एक्स्पोमा सहभागि हुन ८५ भन्दा बढी प्रदर्शकहरुले सय भन्दा बढी स्टल बुकिङ्ग गरेका छन् ।

जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको यो एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिती रहने अनुमान गरिएको छ । एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहने छ । 

जलविद्युतका क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुन गइरहेको एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेका छन् । साथै  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यसायी महासंघ, नेपाल बैंकर्स संघ, जलविद्युत लगानी तथा विकास कम्पनी लि. तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई अनुमोदन गरेका छन् । 

एक्स्पोमा हाइड्रो म्यापको डेस्कटप भर्सन पनि सार्वजनिक हुँदैछ । इप्पान, निती फाउण्डेशन तथा द एशिया फाउण्डेशनको संयुक्त पहलमा तयार गरिएको हाइड्रोे म्याप जलविद्युत क्षेत्रको तथ्यांक राख्ने आधुनिक माध्यम हुनेछ ।

एक्स्पोले सोलार पिभि सिष्टम, वीइण्ड इनर्जी लगायतका नवीकरणीय उर्जाको सम्भाव्यता पहिचान गरि अघि बढ्न समेत विशेष पहल गर्नेछ । युवा पुस्तालाई लक्षित गरि हाइड्रोपावर क्षेत्रमा अभिरुची भएकालाई प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना पनि हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप