शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारी सञ्चयकोषको अध्यक्षमा शिशिरकुमार ढुंगाना

बिहीबार, ०३ माघ २०७५, १७ : ५५
बिहीबार, ०३ माघ २०७५

काठमाडौं– कर्मचारी सञ्चयकोषको अध्यक्षमा शिशिरकुमार ढुंगानालाई नियुक्त भएका छन् ।

पुस २९ गते बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  पछिल्लो समयमा प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी सम्हालिरहेका ढुंगाना त्यसअघि राजश्व सचिव थिए । 

त्यस्तै सरकारले आउँदो चैतको दोस्रो साता लगानी सम्मेलन गर्ने भएको छ । चैतको १५ र १६ गते लगानी सम्मेलन गर्न लागिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।  

 त्यस्तै बैठकले पाल्पा र दैलेखको ग्यास अन्वेषण गर्ने निर्णय पनि गरेको छ भने प्रहरी नियामावली २०७५ स्वीकृत गरेको छ । यो नियमावली स्वीकृत भएसँगै प्रहरीलाई बढुवा हुन ४ बर्षे सेवा घट्दै ३ बर्ष कायम भएको छ । सरकारले सुर्खेतको वीरेन्द्रनगरमा शितभण्डार निर्माण गर्न स्थानीय तहलाई ५० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ  भने रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृत दिने निर्णय पनि गरेको मन्त्री बास्कोटाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप