१० वर्षदेखि एक्लो ‘रोमियो’ ले अन्ततः पायो ‘जुलियट’, भ्यालेन्टाइन डेमा ब्लाइन्ड डेट
सीएनएन । विश्वकै एक्लो भ्यागुताले अन्ततः आफ्नो ‘रिलेसनसीप स्टाटस’ परिवर्तन गर्ने भएको छ ।
सेहुन्कास प्रजातिको पानीमा बस्ने ‘रोमियो’ नाम गरेको भ्यागुता विगत १० वर्षदेखि एक्लो थियो । अहिले आएर वैज्ञानिकहरुले रोमियोको जोडी फेला पारेका हुन् ।
बोलिभियाको संग्राहलयमा रहेको रोमियो यो प्रजातिको अन्तिम भ्यागुता भएको अनुमान गरिएको थियो ।
संरक्षणवादीहरुले गत वर्ष म्याच डट कममा रोमियोका लागि डेटिङ प्रोफाइल बनाएपछि यो भ्यागुता निकै चर्चित बनेको थियो ।
वैज्ञानिकहरुले रोमियो जोडी फेला पारेपछि उक्त भ्यागुताको नाम जुलियट राखेका छन् । उनीहरुलाई भ्यालेन्टाइन डेका दिन भेट गराइने बताइएको छ ।
यसले उनीहरुको प्रजाति जोगाउन सकिने वैज्ञाननिकहरुको आशा छ ।
बोलिभियाको अल्साइड डी’ओरबिग्नी न्याचुरल हिस्ट्री म्युजियमले ग्लोबल वाइल्ड लाइफ कन्जरभेसनको सहकार्यमा रोमियाका लागि जोडी खोज्नका लागि सहयोग जुटाएको थियो ।
गत महिना जीव वैज्ञानिक टेरेसा कामाचोको टोली बोलिभियाको ‘क्लाउड फरेस्ट’ मा रोमियोको जोडी खोज्न निस्किएको थियो ।
लामो समय खोजी गर्दा पनि टोलीले उक्त प्रजातिको भ्यागुता फेला पार्न सकेन । पानीमा बस्ने भ्यागुता भेटाउन निकै गाह्रो पनि हुन्छ ।
जुलियट निकै फुर्तिलो छिन्
‘हामी थकित थियौँ र निरास पनि,’ कमाचोले भनिन्, ‘अब अन्तिम पटक खोजौँ भनेर भनेँ ।’
त्यतिबेला नै उनले एउटा भ्यागुता पानीमा हाम फालेको देखिन् । त्यो भ्यागुता उनले खोजेको भ्यागुता थिएन । तर, उक्त भ्यागुताले उनलाई एउटा सानो झरनातर्फ डोर्यायो ।
त्यहाँ उनले सुन्तला रंगको पेट भएको भ्यागुता भेटिन् । टोलीको सबै जना खुसीले उफ्रिए ।
तर, उक्त भ्यागुता केटो भ्यागुता निस्कियो ।
‘सो ठाउँ अन्य भ्यागुताको वासस्थानको लागि उपयुक्त भएकोले आशा चाहीँ थियो,’ उनले भनिन्, ‘भोलिपल्ट हामी फेरि त्यहाँ गयौँ र त्यहाँ हामीले दुईवटा केटी र दुईवटा केटो भ्यागुता फेला पार्यौँ ।’
जुलियटको उमेर प्रजननका लागि उपयुक्त थियो । अन्यको उमेर सानै थियो ।
रोमियोलाई भेट्न अघि जुलियटको स्वास्थ्य परिक्षण गरिनेछ । किनभने त्यहाँका धेरै भ्यागुता खतरनाक साइट्रिड फङ्गसले प्रभावित भएका थिए जसले भ्यागुताको जनसंख्यालाई नास गरेको थियो ।
दुई भ्यागुताको प्रजननको लागि अर्को समस्या पनि छ ।
रोमियो र जुलियट एक अर्कासँग नमिल्न पनि सक्छन् ।
‘हामीलाई आशा छ दुई जनाले एक अर्कालाई मन पराउनेछन्,’ वैज्ञानिकहरु भन्छन् । किनभने रोमियो निकै लजालु स्वभावको छ, मोटो पनि छ । उता जुलियट निकै फुर्तिलो छिन् ।
दुई जनाबाट प्रजनन सम्भव नभए संग्राहालयले अन्य साना भ्यागुतालाई पनि संरक्षण गरेर राखेको छ ।
यदी यो पनि सम्भव नभएर भिट्रो फर्टिलाइजेसनबाट प्रजनन गर्ने वैज्ञानिकहरुले सोच बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
-
१० हजार करोडमा आईपीएलको बीमा, वर्षाले खेल रद्द भए पनि जोखिम बहन
-
कर्णाली अझै पनि केन्द्रीय राज्यसत्ताको उपेक्षामा
-
बुटवल उपमहानगरमा ४ भाषामा नागरिक बडापत्र
-
मध्यपूर्वमा भड्कियो युद्ध, को हुन् हिजबुल्लाह ?
-
‘मेयर’ले राजनीतिक फिल्मको असली स्वाद पस्किन्छ : दीपेन्द्र