शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानी माग्दै बुटवलमा काँग्रेसको शक्ति प्रदर्शन

बिहीबार, ०३ माघ २०७५, १७ : १९
बिहीबार, ०३ माघ २०७५

बुटवल–रुपन्देहीमा नेपाली काँग्रेसले शक्ति प्रदर्शन गरेको छ । प्रदेशसभाबाट राजधानी घोषणा गर्न ढिलाई भएको भन्दै काँग्रेसले प्रदर्शनसहित सभा गरेको हो । बिहीबारको प्रदर्शन निर्वाचनपछि सबैभन्दा धेरै कार्यकर्ता सहभागी भएको काँग्रेसको दावी छ । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको र्याली ट्राफिकचोकमा पुगेर कोणसभामा परिमाणत भएको थियो । 

कोणसभालाई काँग्रेस नेता बालकृष्ण खाणँले लूम्बिनीलाई बाँके, बर्दिया र रोल्पा तथा रुकुमसँग जोड्न रुपन्देहीमा राजधानी बनाउनुपर्ने बताए । केन्दीय सदस्य चन्द्र भण्डारले रुपन्देहीबाट राजधानी दायाँबायाँ गराए कडा आन्दोलन गर्ने चेतावनी दिए । 

त्यस्तै, नेता देवेन्द्रराज कँडेलले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै निर्मला पन्तका हत्यारा पहिचानदेखि जहाज खरिदमा सरकार चुकेको अरोप लगाए ।

सभालाई प्रदेश ५ का काँग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेल कपिलबस्तुका प्रदेशसभा सदस्य वीरेन्द्र कनौडिया, रमा अर्याल, काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, अर्घाखाँचीका सभापति विष्णु मुस्कान, पाल्पा सभापति तथा प्रदेशसभा सदस्य वीरबहादुर राना लगायतले रुपन्देही राजधानीका लागि हरेक विषयमा उपयुक्त रहेको दावी गरेका थिए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप