शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सीजी टेलिकमको पक्षमा आएको आदेश त्रुटिपूर्ण भएको ठहर

बिहीबार, ०३ माघ २०७५, १६ : ५९
बिहीबार, ०३ माघ २०७५

काठमाडौं– सिजी टेलिकमको पक्षमा गत पुस १० गते जारी भएको अन्तरिम आदेश त्रुटिपूर्ण भएको सर्वोच्च अदालतले ठहर गरेको छ।  

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश ईश्वर खतिवडाको पूर्ण इजलासले अन्तरिम आदेश त्रुटिपूर्ण भएको ठहर गर्दै त्यसलाई  खारेज गर्ने निर्णय सुनाएको हो । 

सर्वोच्चको अन्तरिम आदेशविरुद्ध नेपाल दुरसञ्चार प्राधिकरणका तर्फबाट निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले  पुस २४ गते सर्वोच्चमा भ्याकेटको निवेदन दायर गरेका थिए।

निवेदनमा सिजी टेलिकमलाई रोक्नुको कारण के हो भन्ने विषयमा आफ्नो कुरासमेत राख्न नपाएको र एकतर्फी रुपमा अन्तरिम आदेश जारी भएकाले खारेज गर्नुपर्ने जिकिर गरिएको छ।

सर्वोच्चले गत पुस १० गते सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालनका लागि आवश्यक अनुमति प्रदान गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई अन्तरिम आदेश दिएको थियो।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उक्त आदेश दिएको थियो। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप