जनता बैंकले सर्वोत्कृष्ट भलिबल टिमलाई पुरस्कार प्रायोजन गर्ने
काठमाडौं– जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माबीच पुरस्कार प्रायोजन सम्बन्धि एक संझौतामा हस्ताक्षर भएको छ । जनता बैंकले सर्वोत्कृष्ट भलिबल टिमलाई पुरस्कार प्रायोजन गर्ने भएको हो ।
संझौता अनुसार नेपाल भलिबल संघल एन.भी.ए. अवार्ड सेरेमोनी मा प्रदान गर्ने बर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाको लागि नगद पुरस्कार २ लाख (प्रति टिम १ लाख) जनता बैंकले प्रायोजन गर्नेछ । साथै उक्त प्रायोजन आगामी ५ बर्ष सम्म उपलब्ध हुने बैंकले जनाएको छ ।
नेपाल भलिबल संघले विभिन्न संघसंस्था, व्यक्तित्वहरु लगायत राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम र खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले २०७४ साल देखि एन.भी.ए. अवार्ड प्रदान गर्दै आइरहेको छ । दोस्रो एन.भी.ए. अवार्ड कार्यक्रम यही माघ ११ गते आयोजना हुने भएको छ जसको प्रायोजन जनता बैंकल गरेको हो ।
कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाई समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने कुरालाई दृष्टिगत गरी जनता बैंकले खेलाडीहरुलाई प्रदान गरिने बभिन्न पुरस्कारहरुमा प्रायोजन गर्दै आइरहेको जनाएको छ ।
गत पौष १३ गते नेपाल राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा बर्षको सर्वोत्कृष्ट खेलाडी पुरुष एक र महिला एक गरी २ लाखको पुरस्कार पनि जनता बैंकको प्रायोजनमा प्रदान गरिएको थियो । उक्त पुरस्कार पनि आगामी ५ बर्षको लागि प्रदान गरिने गरी संझौता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
-
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबाट लोकतन्त्र दिवसको उपहास, शुभकामना दिनै कन्जुस्याइँ !
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु