कुमारीपाटीको एटिएमबाट पैसा निकालेका व्यक्तिमाथि खुकुरी प्रहार गरी लुटपाट गर्ने पक्राउ
काठमाडौँ । खुकुरी प्रहार गरी लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही रानीगञ्ज घिमिरे चोक घर भएका २८ बर्षीय गोपाल दयाल रहेका छन् । दयाललाई महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटिएको टोलीले बुधबार राती ८ बजे बजे लगनखेलबाट पक्राउ गरेको हो ।
दयालले ललितपुर महानगरपालिकाको कुमारीपाटीमा रहेको ईन्भेष्टमेन्ट बैंककोएटिएमबाट पैसा निकाल्ने एक जनालाई खुकुरी प्रहर गरी पैसा लुटपाट गर्न खोजेका थिए ।
दयालको साथबाट प्रहरीले खुकुरी एक थान र खुर्सानीको धुलो एक पोका बरामद गरेको छ ।
खुकुरी लागि घाईते भएकालाई पाटन अस्पताल उपचार भइरहेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
यता, प्रहरीले लुटपाट गर्ने अर्का एक जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक बलेफ गाउँपालिका ५ घर भइ काठमाण्डौ पेप्सिकोला बस्ने २२ बर्षीय आयुष ठकुरीलाई लुटपाट गरेको मोबाइल थान सहित पक्राउ गरेको हो ।
प्रहरीले ठकुरीको साथबाट नगद १९ हजार ७ सय ४२ रूपैया, विभिन्न खाडी मुलुकका ३७ रूपैया, लागुऔषध नाईट्रोभेट ५ ट्याबलेट,सामसुङ मोबाईल थान २ र कलर्स मोबाईल थान १ बरामद गरेको छ ।
प्रहरीले लुटिएको मोबाईल पिडितलाई नै जिम्मा लगाएको छ ।
त्यस्तै, एसबीआई बैंकको एटिएमको ताला तोडफोड गर्नेलाई पनि प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ ।
कलंकीमा रहेको एटिएमको ताला काट्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बारा कलैया–१ घर भई ललितपुर सातदोबाटो बस्ने १८ वर्षीय रोहित शर्मालाई पक्राउ गरेको हो ।
शर्मालाई ताला काट्ने ह्राक्सो ब्लेट १ थान कैंची २ थान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स