शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीराम सुगर मिल्सले अझै दिएन किसानको बक्यौता

बिहीबार, ०३ माघ २०७५, १५ : ५५
बिहीबार, ०३ माघ २०७५

रौतहट– किसानको करोडौ बक्यौता भुक्तानी  नहुँदा रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स सञ्चालन हुन सकेको छैन ।

मिल्सले किसानको १४ करोड रकम भुक्तानी गर्न बाँकी छ । उखु उत्पादक संघ रौतहटले किसानको पुरानो बक्यौता रकम भुक्तानी गरेपछि मात्रै मिल सञ्चालन गर्न दिने अडान राखेको छ ।
गत वर्षमा पुस १२ गते सञ्चालन भएको श्रीराम यस पटक माघ ३ गते सम्म पनि सञ्चालन गर्ने नगर्ने टुङगो नलागेको हो ।
आर्थिक बर्ष २०७१।०७२  करिब १२ करोड रुपैयाँ र गत बर्षको २ करोड रुपैयाँ गरी कुल १४ करोड रुपैयाँ मिलले तिर्न बाँकी रहेको उखु उत्पादक संघ रौतहटका सचिव मनोज सहनीले बताए । 

किसानको बक्यौता भुक्तानीको तिथि निर्धारणपछि मात्र मिल सञ्चालन गर्न दिने सचिव शहनीले बताए ।

गत वर्षको बक्यौत दुई करोड रुपैयाँ अगामी सोमबारसम्म भुक्तानी गर्नुपर्ने, पुरानो १२ करोड अगामी फागुनभित्र भुक्तानीको ग्यारेन्टी गरेमात्र मिल सञ्चालन गर्न दिने उखु उत्पादक संघ रौतहटले जनाएको छ ।

श्रीराम शुगर मिल्सका महा प्रबन्धक पिके झाले मिल सञ्चालनको सम्पूर्ण तयारी भईसकेकाले  ३,४ दिनभित्रै मिल सञ्चालन हुने बताए । 

 जिल्लामा एकमात्र शुगर मिल्स  गरुडा स्थित श्रीराम शुगर मिल्सले बिगतमा किशान संग लिएको उखुको वर्षौँ सम्म भुक्तानी नगरी  बदमासी गर्दै आएको थियो ।

 तर यस वर्षदेखि कटहरिया नगरपालिका ९ डुमरिया स्थित बैजुबाबा शुगर तथा केमकल्स इन्डस्ट्जि सञ्चालन हुन गइरहेकाले जिल्लामा दुईवटा शुगर मिल्स भएपछि किसानहरु लाई सुबिधा हुने किशानहरुले आशा गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप