बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रस्तावित राजदूत अधिकारी र ढकालको नाम अनुमोदन

बिहीबार, ०३ माघ २०७५, १५ : ४५
बिहीबार, ०३ माघ २०७५

काठमाडौं– संसदीय सुनुवाइ समितिले फ्रान्सका लागि प्रस्तावित राजदुत दीपक अधिकारी र थाइल्यान्डका लागि प्रस्तावित राजदूत गणेश प्रसाद ढकालको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

प्रस्तावित दुबै राजदूतमाथि छलफल गर्न बिहीबार बसेको समिति बैठकले उनीहरुको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

अधिकारी र ढकालमाथि कुनै उजुरी परेका थिएनन् । यसैगरी सयुक्त राष्ट्रसङ्घीय नियोगको स्थायी प्रतिनिधि अमृत राईको सुनुवाइका लागि भोलीदेखि उजुरी संकलन गरिने समितिले जनाएको छ । 

समितिको गत पुस ६ र ९ गते बसेको मन्त्रिपरिषद बैठकले अधिकारी र ढकालसहित विभिन्न देशका लागि ५ जना राजदूतको नाम सिफारिस गरेको थियो । बैठकमा फ्रान्सका लागि प्रस्तावित राजदूत अधिकारीले दुई मुलुकबीचको कुटनीतिक सम्बन्धलाई अझै प्रगाढ बनाउन आफू लागिपर्ने प्रतिबद्धता जनाएका थिए । उनले मुलुकको समृद्धिका लागि आर्थिक कूटनीतिलाई पनि आफूले प्राथमिकता दिने स्पष्ट पारे ।

थाईल्याण्डका लागि प्रस्तावित राजदूत ढकालले मुलुकमा लगानी भित्र्याउने विषयलाई आफूले उच्च प्राथमिकता दिने बताए ।  उनले थाईल्याण्ड नेपालको विकास साझेदार मुलुक भएकाले थप लगानीको सम्भावनाको खोजी गर्ने योजना पनि समितिलाई जानकारी गराए । 

समितिको अर्का बैठक आगामी माघ ८ गते मंगलबार बिहान ११ बजे बोलाइएको छ । बैठकमा बाँकी रहेका कुवेतका लागि प्रस्तावित राजदूत दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि प्रस्तावित राजदूत भृगु ढुंगाना र  संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा नियुक्तिका लागि  प्रस्तावित मणिप्रसाद भट्टराईसँग सुनुवाई गर्ने निर्णय पनि गरिएको समितिका सभापति कर्णले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप