शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रञ्जु दर्शनाको समाचार लेख्ने अर्का पत्रकार पनि समातिए

बिहीबार, ०३ माघ २०७५, १५ : ३४
बिहीबार, ०३ माघ २०७५

काठमाडौं– विवेकशिल नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना (न्यौपाने)को चरित्र हत्या गर्नेगरी समाचार साभार गरी प्रकाशन गर्ने अनलाइन पत्रकार सुमन अधिकारी पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मिसु मिडिया प्रा.लि. अन्तर्गत क्यापिटल हेडलाइन डटकमका सम्पादक अधिकारीलाई बिहीबार काठमाडौंको नयाँ बजारबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए । 

अपराध महाशाखाले यसअघि दर्शनाकै बारेमा भ्रमपूर्ण समाचार प्रकाशन गर्ने मुक्ति खबर डटकमका श्याम रोक्कालाई पक्राउ गरेर मुद्दा चलाएको थियो । 

बिहिबार पक्राउ परेका गोरखा स्थायी घर भएका अधिकारीमाथी पनी विद्युतिय अपराध कसुर अन्तर्गत अनुसन्धान गरिने महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप