मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

डा.केसीको माग पुरा भयो भन्नु सबै रोग निको भएर मुटु चलाउन सकिएन भन्नुजस्तै हो : गगन थापा

बिहीबार, ०३ माघ २०७५, १५ : २०
बिहीबार, ०३ माघ २०७५

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले डा. गोविन्द केसीको माग तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले सो कुरामा जोड दिएका हुन् ।  थापाले डा. केसीको पक्षमा लागेर अहिले सरकारलाई धम्क्याउनुभन्दा पनि राम्रोसँग केसीको माग कार्यान्वयनमा काँग्रेस लागेको बताए ।

उनले भने, ‘अहिले डा.केसीको पक्षमा लागेर सरकारलाई धम्क्यानुभन्दा पनि माग कार्यान्वयन गरेर उनको जीवनरक्षा गर्नुपर्छ । सबै पार्टीले यो मागका सबालमा जिम्मेवारी लिनुपर्छ ।’ नेता थापाले डा.केसीका माग ९५ प्रतिशत पुरा भए भनेर सरकारले गरेको कुरा हावादारी भएको दाबी गरे ।

उनले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘चिकित्सकले बिरामीको ९५ प्रतिशत रोग निको भएर मुटु चलाउन सकिएन भनेर रिपार्ट दिएजस्तै हो, चिकित्सा शिक्षाको महत्वपूर्ण पक्ष र मर्मलाई मारेर अस्थिपञ्जरको रुपमा विद्येयकलाई देखाउनु कि त अज्ञानता हो, कि त भ्रम सृजना गर्न खेजिएको जालझेल हो ।’

थापाले इलाममा रहेका डा.केसीले मानेमा उनको उपचारका लागि काठमाडौं ल्याउने पहल गर्ने समेत बताए ।  थापाले संसदीय समिति र उपसमितिमा राखेका फरक मतहरु समेत प्रस्तुत गरेका छन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप