शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेट : बस दुर्घटनामा ७ जनाको मृत्यु, ४ को सनाखत

बिहीबार, ०३ माघ २०७५, १२ : ५९
बिहीबार, ०३ माघ २०७५

पोखरा– पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ ।  सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८ बस्ने ४० वर्षीया सेती परियार, उनका पति ५० वर्षीय टिके परियार र बागलुङ नगरपालिका–४ की ४८ वर्षीया शान्ति केसीको सनाखत भएको पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृत्यु हुने अन्य दुई पुरुष र एक महिला सनाखत हुन बाँकी रहेको छ । 

सो दुर्घटनामा घाइते भएका ३० मध्ये २० लाई पोखराको मणिपाल शिक्षण अस्पताल र दुईलाई हेलिकप्टरमार्फत काठमाडौँस्थित ग्राण्डी अस्पताल पठाइएको पर्वतका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले बताए । अन्य आठ जना घाइतेको बाग्लुङ अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

बेनीबाट नारायणगढतर्फ यात्रु लिएर हिँडेको ग १ ख ६१०८ नंको बस आज बिहान ८.१५ बजे सडकबाट ७० मिटर तल कालीगण्डकीको बगरमा खसेको थियो । बसको ब्रेकफेल र तीव्रगतिको कारण दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप