तारागाउँ रिजेन्सीको सेयर सूचीकरण फुकुवा, नेप्सेले भन्यो, अबदेखि यस्तो गल्ती नदोहोर्याउनु
बिहीबार, ०३ माघ २०७५, १२ : २०
काठमाडौं–तारागाउँ रिजेन्सी होटलको सेयर सुचिकरण फुकुवा भएको छ । तारागाउँले सेयर बजारमा मूल्य प्रभावित हुने गरी तत्काल सूचना उपलब्ध नगराएको भन्दै नेपाल स्टक एक्सचेन्जले २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।
तारागाउँले पेश गरेको स्पष्टिकरण सन्तोषजनक नभएको नेप्सेले बताएको छ । अव देखि त्यस्तो गल्ती नदोहोर्याउन कम्पनीलाई नेप्सेले सचेत गराएको छ ।
नेप्सेले तारागाउ रिजेन्सीलाई गत पुस ३० गते मुल्य प्रभाव पार्ने संवेदनशिल सुचनामा लापरबाही गरेको भन्दै २४ घण्टे स्पष्टिकरण सोधेको थियो । तारागाउँले पुस २४ गते बसेको सञ्चालक समितिले १२.६३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
तर कम्पनीले यो सुचना ६ दिनपछि मात्र नेप्सेलाई उपलब्ध गराएको थियो । सो बेलोदेखि यसको सुचिकरण स्थगन थियो ।