शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेलिब्रिटीले पनि लिए #10YearChallenge,  प्रियंका–परमितादेखि सोनम–बिपाशाले सेयर गरे १० वर्ष पुरानो फोटो

बिहीबार, ०३ माघ २०७५, ११ : १२
बिहीबार, ०३ माघ २०७५


सोसल मिडियामा किकीपछि अर्को एउटा च्यालेन्ज देखा परेको छ । यसलाई #10YearChallenge नाम दिइएको छ जसमा मानिसहरुले आफ्नो १० वर्ष अघिको फोटोसँग नयाँ फोटो सार्वजनिक गरिरहेका छन् । यो च्यालेन्ज नेपालीलगायत भारतीय सेलिब्रिटीमाझ पनि लोकप्रिय भएको छ ।

नेपाली सिने जगतकी चर्चित नायिका प्रियंका कार्कीले च्यालेन्ज स्विकार गरेको भन्दै तीनवटा फोटो पोष्ट गरेकी छिन् ।

कार्कीले बुधबार बिहान फेसबुकमा यी तस्बिर सार्वजनिक गरेकी हुन् ।
यस्तै, अर्की नायिका परमिता राज्य लक्ष्मी राणाले पनि सामाजिक संजाल फेसबुकमा १० वर्षअघिको र अहिलेको फोटो पोष्ट गरेकी छिन् ।

यस्तै सन् २००० की मिस नेपाल उषा खड्गीले पनि १० वर्षअघि र अहिलेको फोटो भन्दै एउटा बिकिनी लगाएको र अर्को छोरीसँगको दुईवटा तस्बिर  इन्स्टाग्राममा सेयर गरेकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

10 year before and after 2009 to 2019 #10yearchallenge

A post shared by Usha Khadgi (@usha_khadgi) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Before and after 10year With my daughter @uge_shna 2009 vs 2019 #10yearchallenge

A post shared by Usha Khadgi (@usha_khadgi) on

उता बलिउडका सेलिब्रिटीलाई पनि यसको हावाले छोएको छ । बिपाशा बासु, शिल्पा शेट्टी, सोफी चौधरी, सोनम कपुर,  दिया मिर्जा, अमृता अरोरा, ईशा गुप्ता, अनिता, डेजी शाहलगायतले आफ्ना पुराना फोटो सेयर गरिरहेका छन् ।


  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप