मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि बढ्न थाल्यो डलरको मूल्य, आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

बिहीबार, ०३ माघ २०७५, १० : ४२
बिहीबार, ०३ माघ २०७५

काठमाडौं–अमेरिकी डलरको मूल्य फेरि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारको (माघ ३) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ६९ पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य ११४ रुपैयाँ २९ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ २३ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ २५ पैसा  र बिक्रिदर १४७ रुपैयाँ २ पैसा रहेको छ ।

 यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ५१ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ । 

 यसैगरी कुवेती एक दिनारको खरिददर ३७५ रुपैयाँ ४ पैसा र बिक्रिदर ३७७ रुपैयाँ १ पैसा रहेको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप