टेरिजा मेले जितिन् अविश्वासको प्रस्तावमाथिको मतदान, १९ भोटको अन्तरले आफ्नो सरकार बचाउन सफल
बीबीसी
ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मे विरुद्ध संसदमा ल्याइएको अविश्वासको प्रस्तावको मतदानमा उनले जित हासिल गरेकी छिन् ।
विपक्षी लेबर पार्टीले उनीविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गरेको थियो ।
३२५ सांसदले सरकारको साथ दिए भने ३०६ सांसदले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरे ।
प्रधानमन्त्रीले युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनबारे युरोपेली अधिकारीसँग जुन सम्झौता गरिएको थियो, त्यसलाई मञ्जुरी दिलाउन मंगलबार उनी संसदमा गइन् तर संसदले त्यसलाई ठाडो अस्विकार गरे ।
त्यसपछि लेबर पार्टीका नेता जेरेमी कोर्बोनले टेरिजा मेको सरकारले संसदमा आफ्नो विश्वास गुमाइसकेको बताएका थिए ।
कोर्बेनले यही भनेर अविश्वासको प्रस्ताव राखेका थिए ।
बुधबार बेलायती संसदमा ६ घण्टासम्म अविश्वास प्रस्तावमाथि बहस भएपछि मतदान भयो ।
तर टेरिजा मेको आफ्नो पार्टीका बागी सांसद र डीयूपी सांसद जसले २४ घण्टाअघि टेरिजा मेको ब्रेक्सिट डिलको विरोधमा भोट गरेका थिए, बुधबार ती सांसदहरुले सरकारको समर्थनमा भोट गरे ।
यसै कारण टेरिजा केवल १९ भोटको अन्तरले आफ्नो सरकार बचाउन सफल भइन् ।
अविश्वास प्रस्तावको मतदानमा जित हासिल गरेपछि प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै भनिन्, ‘युरोपेली संघबाट बहिर्गमनका लागि भएको जनमत संग्रहको नतिजा पालना गर्दै यो देशको जनतालाई दिइएको वचनलाई पूरा गर्नका लागि म निरन्तर काम गरिरहनेछु ।’
युरोपेली संघबाट अलग हुने बेलायती प्रधानमन्त्री थेरेसा मेको योजना संसदमा खारेज, इतिहासकै ठूलो हार
उनले सबै पार्टीका नेतालाई उनीसँग मिलेर ब्रेक्सिटका लागि अबको मार्ग खोजी गर्नमा उनको मद्दत गर्न अपिल गरेकी छिन् । उनले भनेकी थिइन्, ‘हामीले यस्तो समाधानको खोजी गर्नुपर्छ जो विचारयोग्य होस् र जसले यो सदनको पर्याप्त समर्थन पनि पाओस् ।’
तर प्रतिपक्षी नेता जेरेमी कोर्बेनले कुनै पनि सकारात्मक कुराकानीअघि प्रधानमन्त्रीले नो–डील ब्रेक्सिटको सम्भावना खारेज गर्नुपर्ने बताएका छन् ।
कोर्बेनको भनाई थियो, ‘सरकारले स्पष्ट तरिकाले सधैंका लागि युरोपेली संघबाट कुनै सम्झौताबिना अलग्गिएको स्थितीमा आइपर्ने विनार र त्यसको नतिजामा फैलने अराजकताको कुनै पनि आशंका हटाउनुपर्छ ।’
प्रधानमन्त्रीले एक नयाँ प्रस्तावसहित सोमबार सदन सामू नयाँ प्रस्ताव प्रस्तुत गर्ने विश्वास दिलाएकी छिन् ।
उनको भनाई थियो, ‘ब्रेक्सिटमा काम गर्न र यो सदनमा ब्रिटेनकी जनताको विश्वास कायम राख्न म यो सदनको कुनै पनि सदस्यसँग काम गर्नका लागि तयार छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा