शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा

बिहीबार, ०३ माघ २०७५, ०७ : १२
बिहीबार, ०३ माघ २०७५

काठमाडौँ — विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटीमा रिहा गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

सिक्टा सिँचाइ आयोजनाको नहर निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे धरौटीमा छुटेका हुन्।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले बुधबार पाण्डेसित ४ करोड धरौटी माग्ने निर्णय गरेको हो। पाण्डेले रकम नबुझाए पनि ग्लोबल आईएमई बैंकको ग्यारेन्टीपत्र राखेर धरौटीमा छुटेको जानकारी अदालत स्रोतले दिएको छ।

अख्तियारले अभियोगपत्रमा पाण्डेलाई दुई वर्ष कैद सजाय र २ अर्ब १३ करोड ७६ लाख ८० हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो। सीटीसीई कालिका कन्स्ट्रक्सन जेभीले सिक्टा सिँचाइ आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माणको ठेक्का ६ अर्ब रुपैयाँमा लिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप