तीन तलाको अनुमति लिएर १० तलाको भवनः उपराष्ट्रपतिद्वारा उद्घाटन, महानगरद्वारा बहिष्कार
बिहीबार, ०३ माघ २०७५, ०६ : ४४
कास्की – मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए पनि घरधनी मीन गुरुङले १० तलाको बनाएका छन् ।
सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ पनि सहभागी थिए । भवन उद्घाटनमा सहभागी हुन मेयर मानबहादुर जिसीसहित पदाधिकारीलाई निमन्त्रणा गरिए पनि मापदण्डविपरीबनेको संरचनामा सञ्चालित होटेल भन्दै महानगरको तर्फबाट कोही पनि उपस्थित भएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा