बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘डा. गोविन्द केसीको आन्दोलन घातक’

बुधबार, ०२ माघ २०७५, २० : १५
बुधबार, ०२ माघ २०७५

भक्तपुर । प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रा. डा. गोविन्द केसीले गलत माग राख्दै गरेको आन्दोलनले डाक्टर बन्ने सपना बोकेका नेपालीको जिन्दगीमाथि खेलबाड गरेको आरोप लगाएका छन् । 

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा सञ्चालित नागरिक कम्युनिटी टिचिङ हस्पिटलले आजदेखि सञ्चालनमा ल्याएको सिटीस्क्यान मेशिनको उद्घाटन गर्दै उनले भने, ‘डा. केसीले कुनै राजनीतिक आडमा अनशन बसेको आम नागरिकले बुझिसकेका छन्, उनले शुरु गरेको आन्दोलनले डाक्टर बन्ने सपना बोकेका नेपालीको सपना र भविश्यसमेत अधुरो बनाउँदैछ ।’ 

पुर्वमन्त्रीसमेत रहेका उनले भक्तपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कार्य अगाडि बढेको बताउँदै त्यसका लागि आवश्यकपर्ने ३०० रोपनी जग्गा भक्तपुरमा निर्माण हुन लागेका स्मार्ट सिटीबाट व्यवस्थापन गर्न सकिने भनाइ राखे । 

अस्पतालका निर्देशक जीतेन्द्र श्रेष्ठले अस्पतालले शुरु गरेको सिटीस्क्यान मेशिनले यहाँका नागरिकलाई सहज सेवा दिन सकिने र सो सेवा लिन अब महङ्गा अस्पताल धाउनु नपर्ने जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप